बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम राखेको प्रत्यक्षदर्शीले बताए ।सडकको बिच भागमा कुकरमा रातो टेपले बाँधेर करिब २० मिटरको तार समेत जोडी बम राखी कार्यकर्ताहरु जंगल पसेका थिए । बेलबारी नगरपालिका वार्ड नं ८ राधानगरमा रहेकाे पेट्राेल खानी र चिसाङकाे विचमाकाे जङ्गलमा सङ्खास्पद सामग्री भेटिएकाे ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ । सोही ठाँउमा ईलाका प्रहरी कार्यलय बेलबारीको टोली,पथरीको टोली घटनास्थलमा पुगेको छ । सो क्षेत्रमा सवारी आवागमन बन्द भएको छ ।

तपाईको प्रतिक्रिया