इटहरी । आफनो पाटीलाई सरकारले लगाएको प्रतिवन्ध तथा आफना नेता कार्यकर्ताको पक्राउको विरोध गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव पुर्वी नेपालमा आंशिक रुपमा परेको छ ।

वन्दका कारण पुर्वी पहाडि जिल्लाहरुमा प्रभाव अलि बढेको परेको छ भने तराईका जिल्लाहरुका वन्दको प्रभाव आंशिक रुपमा मात्र परेको देखिन्छ । पहाडि जिल्लाहरुमा चल्ने सार्वजनिक सवारी साधन , विद्यालय , बजार पसलहरु वन्द रहेका छन । तराईका जिल्लाहरुमा भने आंशिक रुपमा यातायात , शैक्षिक संस्था ,बजारहरु खुलेका छन । पुर्वको एक प्रमुख सहर इटहरी हुदै छुट्ने लामा दुरीका सार्वजनिक सवारीका साधनहरु सञचालन हुन सकेका छैनन भने शैक्षिक संस्था , कलकारखा पनि आंशिक रुपमा सञ्चालन भई रहेका छन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिवन्ध लगतै आह्वान गरिएको वन्द भएका कारणले समेत अन्य समयको भन्दा चन्द नेतृत्वले आह्वान गरेको वन्दको प्रभाव अघि वढी परेको पाइन्छ । विप्लव नेतृत्वको नेकपाले अन्य समयमा आह्वान गर्ने वन्दको समयमा पुर्वी नेपालमा नग्य रुपमा मात्र प्रभाव पर्ने गरेको थियो भने यस पटक भने अलि बढी प्रभाव परेको देखिन्छ ।

इटहरी भएर पुर्व पहाडि जिल्लाहरु धनकुटा ,तेह्थुम , भोजपुर लगायतका जिल्लाहरु चल्ने सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणहरुले सास्ती बेहोर्नु परिरहेको छ । भने सुनसरी सदरमुकाम इनरुवा तथा दक्षिण क्षेत्रमा भने बन्दको प्रभाव सामान्य परेको देखिन्छ । सामुदायिक विद्यालयहरुमा स्रोत केन्द्र स्तरीय परिक्षा चलीरहेकाले परिक्षा सञ्चालन भए पनि संस्थागत विद्यालयहरु वन्द रहेका छन ।

तपाईको प्रतिक्रिया