जनकपुर/ पृथकताबादि आन्दोलनको नेतृत्व गरिरहेका डा• सिके राउत र सरकार बिच भएको सम्झौताको सर्वत्र आलोचना भइरहेको अनि जनकपुरलाई केन्द्र बनाएर सिके राउत समुहले गरेको गतिविधिकै बीचमा पूर्व राजा ज्ञानेन्द्र शाह को जनकपुर भ्रमणलाई देश भित्र र बाहिरबाट महत्वका साथ हेरिएको छ ।
भ्रमणको पुर्व सन्ध्यामा राजसंस्था र पुर्व राजा निकट मानिएको बैद्धिक सनातन हिन्दु अतिवादी संगठन शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले जनकपुरबाटै राजसंस्था पुनर्बहालीको महाअभियान सुरू हुने जानकारी गराएका छन् ।
भ्रमणको तयारीका लागि जनकपुर आएका बस्नेतले मंगलबार साँझ स्थानीय संचारकर्मी संग कुरा गर्दै राजसंस्था पुनर्बहालीको महाअभियानमा सहभागी हुन आह्वान समेत गरेका छन् ।
भ्रमण तालिका सार्वजनिक भए लगत्तै सरकारले जनकपुरको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ भने पुर्व राजा निकटले भ्रमण सफल बनाउन तयारीलाई तिब्र बनाएका छन् ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया