विराटनगर/ विराटनगरमा आज देखि साफ महिला च्याम्पियनसीप खेल शुरु भएको साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानलाई शुन्यका विरुद्ध ३ गोलले हराएको छ । घरेलु मैदानमा सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले प्रतिद्वन्द्वी भुटानलाई शुन्यका विरुद्ध ३ गोलले पछि पार्दै प्रतियोगितामा जितको श्रृंखला सुरु गरेको छ। भुटानको कमजोर डिफेन्सको मौका छोप्दै नेपालकी मन्जली कुमारी योन्जनले पहिलो हाफको १३औं मिनेटमा आफ्नो नाममा गोल दर्ता गरिन् । टिममा जित निकाल्न अनुभवी सविता भण्डारीले १६औं मिनेटमै नेपालका लागि दोश्रो गोल गरीन । दोस्रो हाफ पछी क्याप्टेन निरु थापाले ५४ औ मिनेटमा गरेको गोल नै नेपालको लागि थप गोल र अन्तम गोल बन्यो । भुटानको पोष्ट नजिकै सविताले पठाएको पासलाई निरुले गोलमा परिणत गरेकी हुन् । बुधबारको खेल भारत र माल्दिभ्स बीच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया