इटहरी । मोरगंसुनसरी सेवा समाजले मोरगंको केरावारीमा सञ्चालन गरेको निशुल्क आँखा शिविरबाट २१ जनाको मोतियाविन्दुको समस्या मुक्ती पाएका छन ।विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको मोरगंसुनसरी सेवा समाजले सञ्चालन गरेको १५औं निशुल्क आँखा शिविरमा परिक्षणका लागि आएका मध्ये २१ जनाको मोतियाविन्दुको रामलाल गोल्छा आँखा अस्पताल विराटनगरमा शल्यक्रिया गरिएको हो । मोरगंको आमजुगी आधारभुत विद्यालय परिषरमा आयोजित निशुल्क आँखा शिविरमा परिक्षणका लागि आएको दुई सय जना मध्ये ३५जनामा मोतियाविन्दु देखिएपनि २१ जना मात्र शल्यक्रियाका लागि विराटनगर गएका थिए ।

मोरगंसुनसरी समाज बहराइको आर्थिक सहयोगमा आयोजित निशुल्क आँखा शिविरको समाजका अध्यक्ष रामनाथ भण्डारीको अध्यक्षता तथा केरावारी गाउपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । त्यसै गरी निशुल्क आँखा स्वास्थ्य शिविरमा गाउपालिकाकी उपप्रमुख शान्तिकुमारी लिम्बु , मोरंगसुनसरी समाजका पुर्व अध्यक्षहरु गोकुलवहादुर थापा , बद्री विमली लगायतले आँखा शिविरका विषयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया