इटहरी /पछिल्लो समय पूर्वको ब्यापारीक केन्द्र संगै बिकासले फडको मारेको सुनसरीको इटहरीमा आज भोली बैंकिग कारोबार पनि त्यतिकै फस्टाएको छ । फस्टाएको निजी बैंकको एकल नितिको कारण व्यवसायी मारमा पारेको इटहरी उद्योग वाणीज्य संघ इटहरीले जनाएको छ । संघले पत्रकार सम्मेलनको आयोजना गर्दै बैंकहरुले ब्यापारीलाई सुरुमा बिभिन्न प्रलोभन देखाउने र पछि मनोमानी ब्याजदर बढाएर व्यवसायीहरुको मनोबल गिराउने गरेको जनाएको हो । बैंकहरुले न्युन ब्याजदरमा सम्झौता गर्ने तर

व्यवसायीलाई जानकारी नदिई सम्भौता बिपरीत बैंकले आफै ब्याजदर बृद्धि गर्ने प्रबृतिले गर्दा व्यवसायी हैरान हुने गरेको अवस्था सिर्जना भएको र सम्बन्धित निकायले ध्यन नदिए व्यवसायी आन्दोलनमा उत्रिन बाध्य हुने बितरण व्यवसायी टंक प्रसाद खनालले बताउनु भयो । करिब सात हजार भन्दा बढि व्यवसायीक फर्महरु इटहरीमा सञ्चालनमा रहेको बताउदै इटहरी उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस बिष्टले निजी क्षेत्रबाटै सञ्चालन भएका निजी बैंकहरुले ब्यवसायीहरुमाथी गरेको नीतिगत ब्यवहारको घोर भत्र्सना गर्नुभयो । ठुला बैंक तथा बित्तिय संस्थाहरुको आफुमात्र बाच्ने तर अरुलाई नबचाउने जस्तो कठोर सञ्चालन तथा नितिको कारण व्यवसायी समस्यामा परेको बताउनुभयो । साथै सम्झौता र्गदा उल्लेख गरीएको ८ देखि साढे ८ प्रतिशत शुल्क मात्र ब्याजदर लिनुपर्ने माग राख्नुभयो ।इटहरीमा रहेका निजी बैंकहरुले आmुमात्र बाच्ने रण्नीति कायम गरी व्यवसायीहरुलाई र्माकामा पारेर ब्यवसाय नै बन्द गराउनुर्पने बाध्यता त छदैत त्यो भन्दा पन िठुलो बिडम्बना नेपाल सरकारले ल्याएको समृद्धि नेपाल सुखि नेपाली भन्ने नारालाई पनि नीजी बैंकहरुकै कारण र्कायानवयनमा असहज भइरहेको व्यवसायीहरुको गुनासो छ । स्थानीयस्तरमा प्रर्याप्त रोजगारी सृजना नहुनु , भएको जनशक्ती बिदेश पलायन हुनु त्यसमा पनि बैंकहरुले गरेको मनोमानीका कारण व्यवसायीहरुले दैनीक घाटा बेर्होनु पररिहेको गुनासो छ ।

तपाईको प्रतिक्रिया