विराटनगर । घरायसी प्रयोजनका जापानीज सामानहरु मात्र पाइने ‘मिनी शो रुम विराटनगरमा शूरु भएको छ । विराटनगरस्थित सेन्ट्रल मलमा मिनी शो को शुभारम्भ भएको हो । नेपालको प्रदेश नम्वर १ मा पहिलो पटक मिनी शो सञ्चालनमा आएको हो । पूर्वमै स्थापित गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले नै जापानीज सामान पाइने मिनी शो रुमको सञ्चालनमा ल्याएका हुन् । विराटनगरको सेन्ट्रल मलको ग्राउउण्ड फ्लोरमा करिव २ हजार स्क्वाईर फिट मिनी शो रुम सञ्चालनमा आएको सञ्चालक आचार्यले जानकारी दिए ।
सेन्ट्रल मलको उद्घाटन सँगै जापानीज सामान पाइने मिनी शो रुमको पनि उद्घाटन गरिएको हो । यस्तो मिनी शो रुम विश्वका ९० वटा देशमा करिव ४ हजार स्थानमा रहेको र जहाँ जापानीज सामान मात्रै उपलब्ध हुने सञ्चालक आचार्यले जानकारी दिए । नेपालमा १२ वटा यस्ता पसलहरु रहेको बताइको छ । मिनि शो रुममा घरायसी दैनिक आवश्यक सामानहरु पाइने छ । साथै जापानीज कम्पनीका कस्मेटीक लगायतका सामानहरु रहेका छन् ।   केही समयमै इटहरी, धरान, दमक लगायतका स्थानमा पनि यो व्यवसाय सञ्चालनमा आउने सञ्चालक आचार्यले बताए ।

तपाईको प्रतिक्रिया