पथरी/ निर्धारित ७० मिनेटको खेलमा अवधी भर उत्कृष्ट खेल प्रर्दशन गरेको वडा नम्वर ९ ले स्कोर गर्न नक्दा चौथो पथरी शनिश्चरे नगर कपमा उपविजेता वन्न पुगेको छ ।

गत फागुन १७ गते देखी स्थानिय बुद्ध क्लवको आयोजनामा भएको शनिवारको फाईनल खेलमा पालिकाको वडा नम्वर १ र ९ का विचमा फाईनल खेल सम्पन्न भएको हो जसमा वडा नम्वर १ ले ९ लाई ०–२ गोल अन्तरले पाखा लगाउदै उपाधी कव्जा गरेको छ ।

फाईनल खेलको ५० औँ मिनेटमा साईमन लिम्वूले गोल गरेका थिए भने ५९ औँ मिनेटमा १ का खेलाडी सुमन वान्तवाले थप गोल गर्दै टिमलाई २–० अग्रता कायम गराएका थिए ।

फाईनलको ट्रफि चुम्नका लागि बान्तवाको गोल नै निर्णायक गोल वने सगै वडा नम्वर १ नगद ५१ हजार र ट्रफि हात पारेको छ ।

प्रतियोगिताकै उत्कृष्ट खेल पस्कदा पनि वडा नम्वर ९ भने उपविजेतामा सिमित हुदै नगद ३१ हजार सहित ट्रफि,मेडल र प्रमाण पत्रमा चित्त वुझाएको छ ।

विधागत तर्फ चौथो वडा स्तरिय नगर कपको सर्व उत्कृष्ट खेलाडी वडा नम्वर १ का सुमन राई घोषीत हुदै नगद ३ हजार ५ सय हात पारेका छन् ।

विधागत उपाधि हात पार्ने क्रममा सर्वाधिक गोल कर्ताको पुरस्कार पनि राईले हात पारेका छन् जसको धन राशी २ हजार ५ रुपैया रहेको छ अन्य विधागत पुरस्कार मा वडा नम्वर १ का चन्द« लिम्वू ले उत्कृष्ट गोलरक्षको पुरस्कार हात पारेका छन् त्यस्तै उत्कृष्ट डिफेन्समा वडा नम्वर १ का मिन धिमाल घोषीत भएका छन् ।

उत्कृष्ट मिड फिल्डको पुरस्कार वडा नम्वर ९ का साईन राई ,उत्कृष्ट फर्रवाडमा ९ कै सेनेहाङ राई उदयमान खेलाडीमा वडा नम्वर २ का सन्दिप मगर घोषीत भएका छन् विधागत पुरस्कारको धन राशी २ हजार ५ सय रहेको छ ।

आजको फाईनल खेलको म्यान अफि दि म्याच वडा नम्वर १ का साईमन लिम्वू घोषीत हुदै नगद १ हजार ५ सय ट्रफि र मेडल हात पारेका छन् ।

उत्कृष्ट प्रशिक्षको पुरस्कार वडा नम्वर १ प्रशिक्षक राष्ट्रिय खेलाडी दिपक राई नगद २ हजार ५ सय ट्रफि,मेडल र प्रमाण पत्रले सम्मानित भएका छन् ।

सोही अवसरमा सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार बाट २ जना पत्रकार हरुलाई समेत सम्मान गरिएको छ नगद १० हजार १ रुपैया धन राशि रहेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति अग्रज पत्रकारीता पुरस्कार वाट लामो समय देखी पथरीलाई कार्यक्षेत्र वनाएर कलम चलाउदै आएका पत्रकार हाल साईनो खवरका प्रधान सम्पादक फिपराज वेघा सम्मानित भएका छन् ।

सोही स्मृति पुरस्कार बाट उर्लावारीलाई कार्यक्षेत्र वनाएर पत्रकारीता गरि रहेका रातो कलम डट कम का सम्पादक तेजन खड्का क्रियाशिल पत्रकारीता पुरस्कार वाट सम्मानित भएका छन् ।

पत्रकारिता पुरस्कार छनौट समितीका अध्यक्ष धनकुमार तामाङ्गले तामाङले पूर्वी मोरङलाई कार्यक्षेत्र बनाई निरन्तर कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहित गर्न यस पुरस्कार प्रत्येक बर्ष प्रदान गरिने बताएका छन् ।

सो पुरस्कार बुद्द युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा आज वितरण गरिएको हो । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गरेका हुन् ।

पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना हजुरबुवा स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाम्फेले आफ्नो बुवा स्व. जगत बहादुर सम्बाहाम्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षयकोषको स्थापना गरेका हुन् ।

‘स्व.सूर्य बहादुर सोम्याहाङ राई र स्व. जगत बहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषका संयोजक स्थानिय पत्रकार गोपाल काफ्लेले रहेका छन् ।

तपाईको प्रतिक्रिया