इटहरी । बैदेशिक रोजगारीमा जाने युवाहरुको भिड लागी रहदा स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश बोकेको चलचित्र पुरानो बुलेटको टिम फिल्मको प्रोमोसनका लागी इटहरी आई पुगेको छ । चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र अहिलेको समसामुयीक बिषयमा निमार्ण भएको भन्दै निर्देशक भिसन राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
एउटा गाउले परिवेसमा रहको युवाले स्वदेशमै केहि गर्छु भन्दा आई पर्ने समस्याको बारे चित्रण गरिएको चलचित्र भएको कारण दर्शकले मनपराउने फिल्म युनिटले अपेक्षा गरेको छ । पछिल्लो समय नेपाली फिल्मले भने जस्तो सफलता नपाईरहेको बेला यो फिल्म चल्छ भन्ने प्रश्नमा राम्रो कथावस्तु भएके फिल्म जहिले पनि दर्शकले मनपराएको बताउदै यो फिल्म पनि चल्ने दावी गरे । करिब एक करोडको लगानीमा निमार्ण भएको पुरानो बुलेटको गित इटहरीको गोकुलममा छायंकन भएको छ ।
फिल्ममा ७८ प्रतिशत गाउ परिवेसमा छायंकन भएको छभने माला लिम्बु, बर्षा सिवाकोटि, अनुपमबिक्रम शाहि लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया