काठमाण्डौँ । हाम्रो नेपाली समाजमा आज पनि विभिन्न किसिमका अन्धविश्वासहरुले जरा गाडिरहेको पाइन्छ । अन्धविश्वासले हामीलाई हाम्रो विभिन्न क्रियाकलापहरुमा पनि असर गरिरहेको हुन्छ । अन्धविश्वास परापुर्व कालदेखि नै चलिरहेको छ । आदिकालमा मानिसहरुको क्रिया क्षेत्र निकै संकुचित रहेको थियो । मानिसहरुको क्रियाकलाप विस्तार हुँदै गएपछि अन्धविश्वासहरु पनि विकास हुँदै गयो । यस्तै केही अन्धविश्वासको बारेमा आज हामी तपार्इंलाई जानकारी गराउँदै छौँ ।

१ विरालोले बाटो काटे अशुभ हुने पहिलेको समयमा गाईवस्तु चराएर साँझ घर फर्किने समय हुन्थ्यो । त्यस क्रममा बाटोमा विरालो देखा परे विरालोको टल्कने आँखाले गर्दा गाईवस्तुहरु तर्सेर भाग्ने गर्दथे । दिनभरी गाईवस्तु चराएर आएका गोठालो साँझ विरालोले गर्दा हैरान हुने गर्दथे । त्यसपछि विरालोबाट बच्नका लागि मानिसहरु विरालो बीच बाटोमा आए केही समय बाटोमै रोकिने जुक्ति लगाउन थाले । परिवर्तनशील समाजमा यो पनि एक अन्धविश्वासको रुपमा परिणत हुन पुग्यो।

२ राती नङ र दाह्री काट्न नहुने पहिलेको समयमा बिजुली बत्तीको व्यवस्था थिएन । त्यसैले राती दाह्री वा नङ काट्दा चोट लाग्ने सम्भावना बढी हुन्थ्यो । साथै काटिएको रौँहरु खानामा पर्दा स्वास्थ्यमा समस्या देखा पर्ने गर्दथ्यो। त्यसैले मानिसहरु राती नङ र दाह्री काट्न डराउने गर्दथे । जुन आज एक अन्धविश्वासको रुपमा परिणत भएको छ ।

३ कागती र खुर्सानीको सच्चाई कागती र खुर्सानीलाई झुड्याउँदा गिद्दे नजरबाट बच्ने विश्वास राखिन्छ । त्यसैले गर्दा मानिसहरु विभिन्न गाडीहरुमा पनि यस्ता कुराहरु झुण्ड्याइरहेका हुन्छन् । तर, पहिलेको समयमा कागती र खुर्सानी झुण्ड्याएर किराहरु भगाउने गरिन्थ्यो । तर, अहिले यो पनि अन्धविश्वासको रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया