पुरुस होस या महिला वृद्ध हुँदै गएपछि सबैको गाला तथा छाला चाउरी पर्दै जान्छ । यो प्राकृतिक नियम हो । तर आज हामी तपाईलाई यस्तो कुराहरु सिकाउँदैछौँ जसलाई तपाइले अपनाउनु भयो भने तपाइको छालालाई लामो समयसम्म चाउरी पर्न र खुकुलो हुनबाट बचाइ तपाइको अनुहार स्थिर रहन मदत गर्दछ ।

ती हुन काँक्रो र अण्डाको सेतो भाग । आउनुहोस आज हामी तपाईलाई यसको प्रयोग गर्ने तरिका सिकाउनेछौँ । सर्वप्रथम एउटा काँक्रो ल्याउनुहोस । काँक्रामा एन्टिअक्सिडेन्ट गुणका साथै भिटामिन ‘सी’ र ‘के’ पनि पाइने गर्दछ । तसर्थ यसमा छाला चाउरी पार्ने र खुकुलो पार्ने तत्वसँग लड्ने क्षमता हुन्छ । त्यस्तै काँक्रमा सिलिका भन्ने एक किसिमको तत्व हुन्छ जसले छालालाई स्थिर बनाउन मदत गर्दछ । त्यसैगरी एउटा अण्डाको सेतो भाग ल्याउनुहोस् । यसमा छालालाई तन्काउने गुणका साथै छालाको लागी यो फाइदाजनक पनि छ ।

एउटा काँक्राको आधा भागलाई एक ईन्चभन्दा मसिनो टुक्रा बनाएर काट्नुहोस् । त्यसपछि एउटा मिक्स्चर ल्याउनुहोस् । काटेको काँक्राको टुक्रालाई त्यस मिक्स्चरमा हालेर दुई मिनेटसम्म फिट्नुहोस् । मिक्स्चरमा फिटिसकेपछि काँक्राको त्यो रसलाई एउटा भाँडोमा राख्नुहोस् । त्यसपछि अण्डाको सेतो भागलाई पनि त्यसमै मिसाउनुहोस् । अब तयार भएको यस वस्तुलाई तपाईको चाउरी परेको छालामा लगाउनुहोस् । लगाएको १५ मिनेट पश्चात चिसो पानीले पखाल्नुहोस् । एक हप्तादेखि दुई हप्तासम्म यसको यसरी नै प्रयोग गर्नुहोस् । अनि हेर्नुहोस् तपाई आफैले आफैलाई फरक पाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया