गुप्तचर एजेन्सी केवल अन्य देशको गुप्तचरी मात्र गर्दैनन्, आफ्नो देश विरुद्ध रचिने विभिन्न योजनाबारे जानकारी जुटाएर निष्फल पनि पार्छन्। यी हुन् विश्वका सबैभन्दा चर्चित अनि शक्तिशाली १० गुप्तचर एजेन्सीहरु

१. सीएसआईएस (क्यानेडा) – क्यानेडियन सेक्युरिटी इन्टिलिजेन्ट सर्भिस ९सीएसआईएस० को स्थापना पहिलेको रोयल क्यानेडियन पोलिसको सट्टामा सन् १९८४ मा भएको थियो। यो सिआईए झै सञ्चालन हुने सिभिलियन एजेन्सी हो । देशको सुरक्षाको लागि घरेलु तथा अन्तराष्ट्रिय दुवै स्तरमा यसले काम गर्छ।

२. आसिस (अष्ट्रेलिया)- सन् १९५२ मा स्थापित अष्ट्रेलियन सिक्रेट इन्टिलिजेन्ट सर्भिस (एएसआईएस) गोप्य जानकारी जुटाउन विदेशी गुप्तचर विभागहरुको क्रियाकलापमाथी लगाम लगाउने र विदेशमा अन्य एजेन्सीको साथ र सहयोगको पनि जिम्मेवारी निभाउँछ । सन् १९९४ मा यो एजेन्सीमाथी अष्ट्रेलियाका सामान्य नागरिक सम्बन्धित सयौँ फाइल दबाएर राखेको आरोप लागेको थियो।

३. रअ (भारत) – पाकिस्तान र चीनसंगको युद्धको क्रममा गोप्य सूचनाको कमीका कारण युद्धमा पछि परेको भारतले सन् १९६८ मा रिसर्च एन्ड एनालिसिस विंग (रअ)को स्थापना गरेको थियो । देशभन्दा बाहिर काम गर्ने गरेको रअ संसदप्रति जवाफदेहि छैन । पाकिस्तान विरुद्ध यसले आफ्नो शक्ति बढी खर्च गर्छ।

४. मोसाद(इजरायल)-  इजरायलको निकै सक्रिय यस एजेन्सीले आफ्ना रिपोर्ट प्रत्यक्ष रुपमा प्रधानमन्त्रीलाई बुझाउने गर्छ । यसमा अधिकांश सदस्य इजरायली सेनासमेत रहेको भएपनि यो एक सिभिलीयन एजेन्सी हो । मोसादको सबैभन्दा कुख्यात सञ्जाल ‘स्पेशल अपरेसन डिभिजन’ हो । यो डिभिजन इजरायल विरोधीको हत्या, सशस्त्र कारबाही, बन्धक मुक्ति अभियान र मनोवैज्ञानिक युद्धमा सामेल रहँदै आएको छ ।

५. विएनडी (जर्मनी) -विएनडीको स्थापना दोस्रो विश्वयुद्ध अघि सोभियत संघकाको गुप्तचरीको लागि स्थापना भएको थियो।  आवाज रेकर्ड गर्ने तथा विद्युतिय उपकरण प्रयोगमा पहिलो नम्वरमा पर्ने यस एजेन्सीले विभिन्न सञ्चार माध्यम मार्फत विश्वभर काम गर्दछ । यसको वार्षिक बजेट ४३ करोड युरो भन्दा बढि हुन्छ । सन् २००३ को इराक युद्धमा जर्मनी सरकारले इन्कार गर्दागर्दै पनि विएनडीले अमेरिकालाई पूर्ण रुपमा साथ दिएको थियो ।

६. आइएआइ (पाकिस्तान )-  सन् १९४७ मा भारतसंगको युद्ध हारेपछि पाकिस्तानले सन् १९४८ मा इन्टर सर्भिसेज इन्टेलीजेन्स (आइएसआइ) को स्थापना गरेको थियो । यो गुप्तचर एजेन्सीले भारतमा रहेका विभिन्न आतंकवादीहरुको सहयोग गर्ने भारतले आरोप लगाउने गरेको छ। भारत र पाकिस्तानको सम्बन्ध हेर्दा यो आरोप स्वभाविक पनि हो। तर आइएसआइले पाकिस्तान र अफगानिस्तानमा रहेको अमेरिकी गुप्तचर एजेन्सी सीआईसंग मिलेर आतंककारी विरुद्ध अभियान चलाएको छ । यो संस्था पाकिस्तानमा एकदमै शक्तिशाली रहेको छ ।

७. डिजीआई( फ्रान्स) – फ्रान्सको हित विरुद्धका गतिविधि रोक्न सन् १९८३ मा स्थापित भएको डिरेक्स्नल जेनरल दि ला सेक्योरेटि एक्सटेरियर डिजिएसइ हाल भने त्यत्ति चर्चामा छैन । आफ्नो स्थापना पश्चात यस एजेन्सीले युरोपमा फैलिएको  सोभियत गुप्तचर नेटवर्कको पर्दाफास गरेको थियो ।

८. जिआरयु (रुस )- रुसी गुप्तचर एजेन्सी केजिविको सट्टा सन् १९८५ मा रुसी राष्ट्रपति बोर्सि एल्टसिनले ग्लोबल रेज्वेडिवेटलनोज अपरावलोजी (जिआरयु)को पुनस्थापना गरेका थिए । जिआरयु सन् १९१८ मा भ्ल्यादमिर लेनिनले स्थापना गरेका थिए। भनिन्छ कि, सन् २००४ मा जीआरयूले नै चेचेन्याका पूर्व राष्ट्रपति जेलिमखान अब्दुमुस्लिमोविचको हत्या गराएको थियो।

९. एम आई ६ (इंग्ल्याण्ड )-  इन्टिलिजेन्ट सर्भिसको नामले परिचित एमआई ६ को स्थापना प्रथम विश्वयुद्ध पूर्व भएको हो । जर्मन सरकारको गतिविधिमाथि निगरानी राख्न यो एजेन्सीको स्थापना भएको थियो । यो एजेन्सी सिआईएसंग मिलेर काम गर्दछ ।

१०. सीआईए (अमेरिका ) – १९४७ मा स्थापित सेन्ट्रल इन्टेलीजेन्स एजेन्सी सीआइए ले तिन तरिकाले काम गर्दछ । विदेशी रणनैतिक सूचना जुटाउने र विश्लेषण गर्ने , भ्रामक प्रचार तथा इमेज निर्माण  र राष्ट्रपतिको निर्देशनमा गुप्तचर अभियान चलाउने यस संस्थाको मुख्य काम हो । सोभियन संघको साथ अमेरिकाकाको शीत युद्धको क्रममा केजीबीसग भिड्न सीआईएलाई थुप्रै छुट दिइएको थियो । मस्तिष्क नियन्त्रण गर्ने कयौं प्रयोगलाई लिएर सिआईएको आलोचना हुने गरेको छ।

तपाईको प्रतिक्रिया