सुमन सागर खतिवडा /उदयपुरको बेलका नगरपालीकामा रहेको बेलका हाइट आन्तरिक पर्यटको लागि प्रमुख गन्तव्य स्थल बन्दै गएको छ।वडा नं ६ मा पर्ने बेलका हाइट रामपुर बजार बाट करिब ३ कि मि उतर पश्चिम् दिशामा अबस्थित छ ।। बेलका हाइटमा दैनिक जसो करिब २०० आन्तरिक पर्यटक आउने गरेका छन। अग्लो स्थानमा रहेको समथर भु भाग वाट रामपुर कोशी टप्पुको दृश्य अबलोकन गर्न सकिन्छ।बेलका हाइट अझ बेवस्थित गर्ने सडक, शैचालय र होटलको राम्रो बेवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन स्थानीयहरु बताउछन।

तपाईको प्रतिक्रिया