मोरगं । कृषि ,पर्यटन,उद्योग र व्यापार आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ मोरगंको गछियामा जारी तेस्रो सुन्दरहरैंचा एक्स्पोको अन्तिम दिन गायक निशान भट्टराई सांगितक माहोल तताए ।

दैनिक उपभोग्य वस्तु देखि लिएर ठुला मेशिनरीहरु सम्मको प्रचारप्रसारमा सहज होस भनेर उपभोक्ता र विक्रेताहरुलाई एकै ठाउँमा भेट गराउने उद्धेश्यले सञ्चालनमा ल्याइएको एक्स्पोको आकर्षणको रुपमा सांगितिक कार्यक्रम रहेको थियो । यही फागुन ४ गते देखि १२ गते सम्म आठ दिन सम्म सञ्चालन भएको एक्स्पोमा दैनिक राष्ट्यि तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहदै आएको थियो । एक्स्पोको अन्तिम दिन गायक निशान्त भट्टराईले आफुले गाएको ए भुन्टी लगायतका गित गाएर फागुनको चिसो साँझलाई तताएका थिए। निशान्त भट्टराईका साथै अन्य कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु उत्साहित वनेका देखिन्थे ।

सुन्दरहरैचा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको एक्स्पोमा निर्माण एक्स्पोमा स्थानीय उत्पादन देखि लिएर अन्य मुलुकहरुका उत्पादनहरु समेतका स्टल रहेको एक सय ८५ स्टलहरु रहेका थिए । एक्स्पोले उपभोक्ता तथा विक्रेताहरुलाई प्रत्यक्ष भेटघाट हुने अवसर जुराएको तथा विदेशी उत्पादनहरु समेतको प्रचारप्रसारमा सहयोग पुगेको आफुले विश्वास दिएको आयोजक सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया