नबराज खडका आज भन्दा ३९ बर्ष अघि ओखलढुंगामा जन्मिएर करिब दूई बर्षको उमेर सँगै ईटहरीमा बसोबास प्रारम्भ गरेका हुन । मध्यमवर्गीय किसान परिवारका खडकाले प्रारम्भिक शिक्षा कचना महादेव स्कुल र माध्यमिक शिक्षा जनता स्कुल हुदैं जनता बहुमुखि क्याम्पस बाट आईए सम्मको अध्ययन र त्रिभुवन विश्वविध्यालय बाट मानवशास्त्रमा स्नातकोत्तर उर्तिण गरेका छन । खडका नेपालमा सर्वप्रथम निजी स्तरमा पहिलो चोटि नेपालको नक्सा व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा लाने कार्टाेग्राफर एवं जिआएस स्पेशलिष्ट समेत हुन । नेपालमा उनले थालेको यो कार्टाेग्राफि एवं जिआएस भन्दा अगाडी नेपालमा भारतिय प्रकाशनका नक्साहरु छ्यापछ्याप्ति खुलेआम विक्रिवितरण हुने गर्दथे । त्यस समयमा उनलाई नेपाल सरकारले मात्र जिआईएस विज्ञको रुपमा हेरेन । उनको चर्चा परिचर्चा देश विदेश सम्म हुन थालेको थियो । उनले गरेको कामको बारेमा सन २०१३ मा अमेरीकामा समेत चर्चा भयो । उनलाई अमेरिकाले अगस्त २०१३ मा अमेरिकन कंग्रेसका मेम्बरहरूको समेत सहभागीता रहेको एक बिषेस कार्यक्रमा सहभागीता जनाऊन निमन्त्रणा गर्यो । अमेरिकन कंग्रेसको निमन्त्रण स्वीकार्दै आफ्नो प्राविधिकय क्षमता लाई विश्वस्तरमा उजागर गर्न अमेरिका स्थीत म्यासाचुसेट्स राज्यको बोस्टन तर्फ उनी गएका थिए । म्यासाचुसेट्स राज्यको बोस्टन मा आयोजना गरिएको एक विशेष कार्यक्रममा सहभागि हुने सिलसिलामा अमेरिका प्रवेश गरेका उनी हाल न्युर्याेक राज्यमा बसोबास गर्दै आएका छन । उनी अमेरिकामा बषेर्नी आयोजना हुने पृथ्वि जयन्ति कार्यक्रम को आयोजकको भुमीकामा समेत रहने गरेका छन । उनी आफ्नो नियमित काम सँगै सामाजीक कार्यमा पनी उत्तीकै सक्रिय छन । खडका समाजसेवा र यसका आधारभुत पक्षहरु लाई विशुद्ध मानविय, आर्थिक र सांस्कृतिक धरातलिय पक्ष बाट एक्काईसौ शताब्दिको जनताको माग र आवश्वयकता अनुसार व्याख्या गर्नुपर्ने भन्ने धारणमा अडिग छन । उनी भन्छन मानविय, आर्थिक र सांस्कृतिक धरातलिय पक्ष भन्नाले कुनै अमुक व्याक्ति र संस्थाबाट गरिने सर्भिस डेलिभरिको

प्रकार “जस्ट ट्रिकल डाउन एप्रोच” मात्र हो, जुन तत्कालको लागि मात्र सहायक हुन्छ र यसले समस्याको निदान होईन की बरु समस्याको सिर्जनामा नै यो कालान्तार सम्म केन्द्रित रहेर सदैव ब्याक फायर गरिरहने हुन्छ । तर नेतृत्वमा रहेको व्याक्ति र संस्था ले सम्बन्धित देशको गर्भ्निङ्ग निकायलाई दबाब र आवाज मुखतरित गरेर गर्भ्निङ्ग निकाय लाई नै समस्याको समाधान तर्फ केन्द्रित गरियो भने त्यो सर्वसुलभ पनि हुन्छ र त्यसले स्थाईत्व पनि पाउने हुन्छ किनकी यसलाई इन्टायर पब्लिकले अर्न गरेको हुन्छन् । खड्काले आफ्नो एजेण्डा विशुद्ध मानविय, आर्थिक र सांस्कृतिक धरातलिय पक्षहरुमा देखिएको समस्याको दिर्घकालिन निदानको लागि सम्बन्धित गर्भ्निङ्ग पक्षलाई पुस गर्ने र उसैलाई यसको सोर्भ्निटिको अर्न गराउनुरहेको छ चाहे त्यो डायस्पोराको लागि होस् या मातृभुमिको लागि होस् । संचारकर्मीहरुले एनआरएन त धनिहरुको संस्था भन्छन नि भनेर ग।ेको प्रस्नमा उनी यस्तो बताउछन । एनआरएन धनिहरुको संस्था त होर्ईन तर नेपथ्यमा

बसेर बिचारलाई तिरस्कार गरेर केहि धनका धनिहरु ले आप्mनो धनको रवाफ देखाएर चलाएको संस्था चै पक्कै हो यसमा विवाद छैन अब हाम्रो यो पवित्र संस्थामा विचार लाई लत्याएर धनलाई सर्वाेपरि ठान्ने ठालुहरुको चंगुलबाट एनआरएन अमेरिकालाई निकालेर अब विचार को प्रार्दुभाव गराईनेछ । धनिहरुलाई व्यापार तर्पm केन्द्रिकृत गराईनेछ भने विचारहरुलाई एनआरएन मा लाग्नलाई प्रेरित गरिनेछ । ‘नेपालीका लागि नेपाली’ र नेपालमा लगानी बढाउने एनआरएनको अभियानलाई अझ समृद्ध बनाउने साथै छरिएर रहेको पूँजीलाई एकिकृत गरि नेपालको विकासमा अग्रसर भई नेपालमा एक उदाहरणीइ कार्य गर्ने उनी बताउछन । अमेरिकी मुलधारमा नेपाली अमेरिकनको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण र समाजिकिरण तर्फ केन्द्रित रहने उनले जानकारी दिए । एनआरएन अमेरिकामा खडकाले सेलेक्टेडको रुपमा लगातार चारबर्ष कार्य गरे अब त्यो विहंगम अनुभवलाई उनी ईलेक्टड भएर डाईरेक्ट सर्भिस डेलिभरि गर्न चाहान्छन । उनी डायस्पोराको लागि मात्र नभएर मातृभुमिको नेपालको लागि पनि एउटा नयाँ विचार को प्रार्दुभाव गर्ने दिशामा केन्द्रित रहने बताउछन । खडकाका अनुसार त्यो विचार, विकासको हुनेछ, बैदिक सनातन धार्मिक व्यवस्थाको निरन्तरताको लागि हुनेछ अनि त्यो विचार संसार भरि छरिएर रहेका आमनेपाली दाजुभाई लाई राष्ट्रनिर्माणको मुल प्रवाहमा फेरि एकचोटि सधैको लागि जुटाउने प्रयत्नको लागि हुनेछ ।

तपाईको प्रतिक्रिया