सुनसरी,६९ औ राष्टिय प्रजातन्त्र दिवस इटहरीमा तीन दिन सम्म भब्यताका साथ मनाइने भएको छ । प्रजातन्त्र दिवस मनाउन इटहरीका मेयर द्धारिकलाल चौधरीको संयोजतकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । पुष छ गते विहान सात वजे इटहरी चौक आसपास सरसफाई गरिने भएको छ । दिउसो १० वजे सवै सरकारी कार्यालय,विद्यालय परिसर र नजिकका चौकको सरसफाई गरिने कार्यक्रम तय गरिएको छ । यसैगरि फागुन ७ गते विहान साढेसात वजे इटहरी चौकमा सास्कृतिक झाँकी सहितको रयाली प्रदर्षन गरि उपमहानगर परिषरमा सभा गरिने छ । इटहरीका सवै माध्यमिक विद्यालयहरुमा प्रजातन्त्र र मेरो भविश्य विषयक वक्तृत्वकला प्रतियोगिता गरिने भएको छ । यसैगरि इटहरीका सवै रेडियोहरुलाई प्रजातन्त्र दिवसका दिन अन्तरसम्वाद कार्यक्रम गर्न उपमहानगरले आग्रह गरेको छ । इटहरी उपमहानगरले फागुन ६,७ र ८ गते सवै सरकारी कार्यालय,संघ सस्था र घरहरुमा साँझ दिपावली गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया