पृथक् स्वर । फरक धारका गीत । बोल्ड प्रस्तुति । दर्शकलाई उफार्न सक्ने आफ्नै शैली ।पछिल्लो पुस्ताकी लोकप्रिय गायिका आस्था राउत जब स्टेजमा उत्रिन्छन् सबैले एकसाथ उनलाई साथ दिन्छन् —गीत गाएर । ताली बजाएर ।प्रायः सबै स्टेजमा आफ्नो ‘पावरफुल’ प्रस्तुति दिने आस्था राउतका प्रशंसक कम छैनन् । गीतमा छोरीको भाकालाई स्थान दिएपनि स्टेजमा उनलाई पुरुष फ्यानले पनि उस्तै साथ दिन्छन् ।जब उनले स्टेजमा आफ्ना गीतहरूको प्रस्तुति दिन थाल्छिन्, तब उनलाई सबैभन्दा रमाइलो लाग्छ । उनी भन्छिन्, ‘मेरो सबैभन्दा प्यारो गीत भन्ने नै झम्के बुलाकी हो ।’ आफैंलाई मन परेको गीत खै त मलाई झुम्के बुलाकी…’ भएकाले भिडियो गर्दा पनि उनी यही गीत रोजिन् । जुन गीतले उनलाई अझै लोकप्रिय बनायो । उसो त ‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ? म त नेपालको माया गर्ने छोरी मलाई मजस्तै माया चाहिन्छ’ भन्ने गीतले उनको लोकप्रियता चुलियो । प्रायः गीतमा चेलीको कुरालाई उठान गरेकी राउत आफू गाउनकै लागि जन्मेको ठान्छिन् । उनी यतीबेला मोरङको गछियामा जारी बिराटचौक एक्स्पोमा अाफ्रनाे प्रस्तुती दिन आज  माघ ६ गते साझ आउने भएकी छन् । औधोगिक उत्पादनका वस्तुहरु, कृषी उत्पादनका वस्तुहरु , सुचना प्रविधि, वैकल्पिक उर्जा , घरायसि सामाग्री,अटोमोबाइल्स्, बैक तथा वितिय सस्था,लुब्रीकेन्ट्स र पार्टसका सामाग्रीहरुको प्रर्दशन गर्ने उदेश्य सहित आयोजना गरिएको एक्स्पोमा १८५ वटा भन्दा बढी स्टलहरु छन । फागुन ४ गते देखि फाउन १२ गते सम्म ९ दिन सञ्चालनमा आउने एक्स्पोमा प्रत्येक दिन दिउँसो २ बजे देखि राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आगोजकले बताएको छ । सास्कृतिक कार्यक्रममा पहिलो दिन गायक प्रमोद खरेल दोश्रो दिन गायक राम कृष्ण ढकाल र हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहेको थियो भने आज साझको सास्कृतिक कार्यक्रममा गायीका आस्था राउतको प्रस्तुती रहने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया