इटहरी । मानविय सेवाका क्षेत्रमा सक्रिय रहदै आएको नेपाल रेड्क्रस सोसाइटी सुनसरीको ४४औं जिल्ला सभा सम्पन्न भएको छ ।

नेपाल रेड्क्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाको अध्यक्षता तथा प्रदेस नम्वर १का प्रमुख प्रा.डा. गोविन्द तुवाहागंको प्रमुखआतिथ्यतामा सम्पन्न भएको हो ।

जिल्ला सभामा रेडक्रस सोसाइटी सुनसरीका मन्त्री मुकुल कायस्थले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले गत वर्ष श्रावण महिनाको अन्तिम सातामा देशभर आएको बाढीले सुनसरीका तराई क्षेत्रमा तीन हजार ३२ घरधुरी प्रभावित र १२ जनाको मृत्यु समेत भएको थियो । त्यो समयमा समेत रेडक्रस सुनसरीले केन्द्रीय कार्यालय र अन्तराष्ट्यि महासंघसंग समन्वय गरी सहयोग पुर्याएको लगायतका मानविय सेवामा रेडक्रसले पुर्याएको सहयोगका विषयमा उल्लेख गरिएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा इटहरी शाखाका पुर्व सभापतिहरु राजेश श्रेष्ठ, रामचन्द्र अधिकारी , सामाजिक अभियान्ता हेम घिमीरे ,कवि मनु मञ्जीललाई सम्मान गरिएको थियो । कार्यक्रममा सुनसरीका विभिन्न ठाउँका रहेका रेडक्रस सोसाइटी आवद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेस प्रमुख तुवाहागं, इटहरी शाखाका सभापति विमल पौडेल ,पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का लगायतले वोलेका थिए ।

तपाईको प्रतिक्रिया