युवराज विष्ट
भोजपुर । चौथो भोजपुर ट्रेल रेसको तयारी अन्तिम चरणमा पुगेको छ । आइतवार पक्रकार सम्मलेन मार्फत रेसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । जिल्लामा उत्पादित खेलाडीले अन्तराष्ट्रिय स्तर सम्म प्रतिपर्धा गर्न सकुन र भनेर विश्व अल्ट्रा धावक मिरा राई जस्तै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ रेसको आयोजना गरिएको आयोजकले जनाएको छ । मिरा राईको जन्म स्थलबाट यहि फागुन ४ गते ३६ किलो मिटरको दुरीमा हुने दौड पौवादुङमा गाउँपालिकाको सानोदुङ्मा माध्यामिक विद्यालयबाट दिर्घे भञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुण डाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको सहिद पार्कमा सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकाडेमी भोजपुरले जनाएको छ । रेसमा आन्तरिक संगै अन्य देशका धावकहरुको पनि सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा वोल्दै पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईले खेलक्षेत्रको विकास र बिस्तारका लागि निति नै बनाएर लाग्ने वताए । मिरा राई आफ्नो गाउँपालिकामा जन्मेर विश्व समक्ष देशको नाम चिनाउन सफल भएकोले मिराको नाममा वहुउद्धेश्य रंगशालासंगै सामुदायिक भवन समेत निर्माण गरिने जानकारी दिए । साथै राईले भोजपुर टे«ल रेसका लागि गाउँपालिकाले ३ लाख रुपैंया सहयोग गरेको समेत वताए।

तपाईको प्रतिक्रिया