इटहरी । इटहरीको टेगां खोला किनाराको खुल्ला ठाउँमा विद्यार्थीहरुलाई निशुल्क पढाउदै आएका चन्द्र भण्डारीले यसरी पढाउन थालेको २५ वर्ष पुगेको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन ।

आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई शिक्षित वनाउने लक्ष्य सहित भण्डारीले निशुल्क रुपमा सेवाभावले पढाउन थालेको २५ वर्ष पुगेको अवसरमा विद्यार्थीहरुलाई कापी ,कलम र सेन्सील वितरण गरेका हुन । उनले खुल्ला ठाउँमा पढाउने ठाउँलाई पिपलबोटे खुल्ला विद्यालयको नाम समेत चिनिन थालेको छ । शिक्षक भण्डारीले पढाउने पिपलबोटे खुल्ला विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई शिक्षक भण्डारी र उनकी श्रीमती शावित्रा भण्डारीले शैक्षिक सामाग्री वितरण गरे ।

भण्डारीले खुल्ला ठाउँमा पढाउन थालेको २५ वर्ष पुगेको अवसर पारेर निरौला सेवा समाजले हाल अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई जाडोमा लगाउने ट्याकसुट उपलव्ध गरायो । समाजका अध्यक्ष भोला निरौला र सचिव युगप्रिय निरौलाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन । त्यसै गरी भण्डारीलाई शारदा निरौलाले पिपलबोटे खुल्ला विद्यालय लेखिएको वोर्ड उपलव्ध गराईन । २५ वर्ष यता देखि भण्डारीले पुर्व पश्चिम राजमार्गसंगै रहेको इटहरीको टेग्रां खोला किनारामा विद्यार्थीहरुलाई निशुल्क रुपमा ट्युसन पढाउदै आएका छन । सो ठाउँमा हिउँदको धुलोधुवाँ र वर्षायाममा झरीका विच पनि शिक्षक चन्द भण्डारीले दुखसुख विद्यार्थीहरुलाई पढाउने कार्यलाई निरन्तरता दिदै आएका छन । आफुले एसएलसी पछिको पढाई आर्थिक अभावका कारण अगाडि वढाउन नपाएकाले आफुले भोगेको पिडाा अरुले पनि भोग्नु नपरोस भनेर विपन्न वर्गका बालवालिकाहरुलाई निशुल्क पठाउने कार्यलाई निरन्तरता दिदै आएको शिक्षक भण्डारी सुनाउछन । भण्डारीले पढाएका विद्यार्थीहरु अहिले कोही डाक्टर ,इन्जीनियरका साथै विभिन्न तहमा जागिर खाने देखि लिएर केही विदेशमा समेत रहेका छन । खोलाको किनारामा विहानको समयमा भण्डारीसंग पढ्न आउने विद्यार्थीका अभिभावकहरु पनि भण्डारीको कामको खुलेर प्रश सा गर्दछन । भण्डारीसंग इटहरी क्षेत्रका विपन्न समुदायका कक्षा १ देखि ८ कक्षा सम्मका बालवालिकाहरु पढ्न आउने गरेका छन ।

तपाईको प्रतिक्रिया