इटहरी । किसानहरुले झेल्दै आउनु परेका विभिन्न समस्याहरुको पहिचानका लागि सुझाव संकलनमा सहयोग पुग्ने गरी प्रदेस नम्वर १ स्तरीय दुई दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृषि क्षेत्रको विकास र विस्तारका लागि नेपाल सरकारबाट गठीत राष्ट्यि किसान आयोगले सुनसरीको तरहरामा कृषि क्षेत्रसंग सम्वन्धीत किसान ,उद्यमी तथा व्यवसायीहरुलाई समावेश गरेर आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । २०७३सालमा कृषि क्षेत्रको विकास र विस्तारमा योगदान पुरयाउने उद्धेश्यले नेपाल सरकारद्धारा गठित राष्ट्यि किसान आयोगले किसानहरुसंग विभिन्न कार्यक्रमका गरी सुझाव संकलन गरी रहेको आयोगका अध्यक्ष चित्रवहादुर श्रेष्ठले जानकारी दिए । कृषिसंग सम्वन्धीत प्रदेस नम्वर १का १४ जिल्लाका ६०जनाको सहभागिता रहेको थियो । सो क्रममा सहभागिहरुले कृषिक्षेत्रका विषयवस्तुमा समुहगत रुपमा छलफल र प्रस्तुति गरेका थिए । सहभागी किसानहरुले कृषिका लागि सरकारी स्तरवाट अनुदान ऋण आदि उपलव्ध गराउने भनिएपनि वास्तवीक किसानहरुले पाउन नसकिरहेको गुनासो गरे ।

तपाईको प्रतिक्रिया