इटहरी । ठुलो जंगली जनावर हात्ती लाई इटहरीमा जारी फुडफेस्टिवलमा नजिकबाट हेर्न र हात्तीसंगै फोटो खिच्न सक्ने व्यवस्था मिलाइएपछि फेस्टिवलको आकर्षणको रुपमा रहेको छ ।
फुडफेस्टिवल आयोजक होटल व्यवसायी संघ इटहरीले कोशी टप्पु वन्यजन्तु आरक्षबाट दुई वटा  पाल्तु हात्तीहरु ल्याएर नजिकबाट हेर्ने सकिने व्यवस्था मिलाएपछि फेस्टिवलको आकर्षण वढेको हो । फेस्टिवलमा हात्ती ल्याएर हात्ती संग फोटो खिच्न  र पर्दामा मात्र देखेकाहरु नजिकबाटै वास्तविक रुपमा देख्न सकिने व्यवस्था मिलाइएको फेस्टिवलका हात्ती व्यवस्थापक बाबुराम गिरी वताउछन । हात्ती नदेखेका वालवालिकाहरु साथै अन्य मानिसहरु समेत नजिकबाट हात्ती हेर्न फोटो खिच्न पाउदा खुशी लागेको वताउछन । इटहरीकी रचना पाण्डे फोटो र पर्दामा मात्र हात्ती देखेपनि नजिकबाट आँखैले देख्दा अचम्म र खुशी लागेको वताउछिन ।
इटहरी फुड फेस्टिवलमा हात्ती हेर्न आउने रचना मात्र हैन अरु पनि नजिकबाटै ठुलो जनावर हेर्न पाएकोमा हर्सित भएको देखिन्छ । जगंली ठुलो जनावर हात्ती सहज रुपमा देख्न नसकिने भएकाले हात्ती हेर्नकै लागि वालवालिका देखि जेष्ठ नागरिकहरु समेत आउने गरेको फेस्टिवल सञ्चालकहरु वताउछन । गत विहिवारबाट सुरु भएको मेला वर्षाका कारण शुत्रबार र शनिवार प्रभावित हुँदा ठुलो नोक्सानी भएको फेस्टिवल संयोजक दिपक पोखरेल वताउछन । मौषमका कारण हेलिकप्टर लक्ष्य अनुसार सञ्चालन गर्न नकिएको कारण पनि घाटा व्यहोर्नु परेकाले हेलिकप्टर, फेस्टिवल थप एक दिन राख्ने विषयमा समेत सल्लाह भई रहेको उनले जानकारी दिए । मौषमका कारण शनिवार कलाकारहरु समेत आउन नसकेको ,स्टेलहरुमा समेत वर्षाको पानी जमे पनि आज मौषम सफा भएकोले फेस्टिवल सफलता पुर्वक सम्पन्न हुने विश्वास लिइएको पनी संयोजक   पोखरेल वताउछन ।

तपाईको प्रतिक्रिया