तेजबहादुर बन,सुनसरी /  पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरुदण्ड पनि मानिन्छ । तर पूर्वपश्चिम राजमार्गमा रहेका पुलहरु जीर्ण अवस्थामा रहेका छन । जिर्ण पुलका कारण दैनिक शयौ यात्रुहरू जोखिम पुर्ण यात्रा गर्न बाध्य रहेका छन ।
पूर्वको केन्द्र र प्रदेश नं एकको सम्भावित राजधानी मानिदै आएको सुनसरीको इटहरी स्थित टेंग्रा खोलामा अवस्थित पूर्व पश्चिम राजमार्गको पुल भत्किएको ६ महिना पुगिसक्दा पनि सम्बन्धित निकाय तथा सरोकारवालाहरूले पुनःमर्मतमा कुनै चासो नराख्दा दैनिक सयौ यात्रुहरू जोखिम पुर्ण यात्रा गर्न बाध्य बनेका छन । गत बैशाख दोश्रो साता एक ट्रिपरले ठक्कर दिदा पुलको साइडका रेलिङहरू भत्किएको थियो । दैनिक शयौ सवारी साधन गुडने महेन्द्र राजमार्गलाई जोडने आधार पुल नै जोखिममा परेपछि हजारौ यात्रुहरूको ज्यान कतिबेला जोखिममा पर्छ त्यो थाहा छैन । आधा रेलिङ भत्किएर अलपत्र अवस्थामा रहेको पुर्वपश्चिम राजमार्ग अन्र्तगत इटहरीको टेंग्रा पुल पुन निर्माण नहुँदा सवारी दुर्घटनाको सम्भावना संगै जोखिम बढदो छ ।
सम्बन्धित निकाय

सडक बिभाग र इटहरी उपमहानगरपालिकाले भत्किएको पुलको रेलिङ मर्मतमा कुनै चासो नराख्दा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य बनेका छन । त्यसैगरी धरान इटहरी जोडने चारकोशे झाडीको सेउति पुल निर्माण सम्पन्न भएको ३ बर्ष बित्न नपाउदै जिर्ण बन्दै गएको छ । निर्माण सम्पन्न भएको ३ महिना बित्न नपाउदै बिवादमा तानिएको सो पुल पनि पछिल्लो समय झनै जिर्ण बन्दै गएको छ । बर्खायामको समयमा बढी जोखिम मोलिने राजमार्गलाई जोडने यस्ता पुलहरूमा दैनिक शयौ साना तथा ठुला सवारीसाधनहरू गुडने गरेका छन । त्यसै गरी पूर्व पश्चिम राजमार्गमै अवस्थित नेपालकै गौरव मानिने सप्तकोशी पुलको आयु सकिएको यतिका बर्ष बितिसक्दा पनि पुन निर्माणमा भारतीय सरकारले कुनै चासो राखेको छैन । जसका कारण सो पुल कुन समयमा भाचिने या भत्कने त्यसको पनि टुंगो छैन । यस्तै इटहरी लगायत अन्य शिकसित सहरलाई जोडने मोरङको गछिया खोलामा अवस्थित पुलको अवस्था पनि उस्तै छ । जसको कारण सवारी चालकदेखी पैदल यात्रीहरुले सास्ती भोग्नु परेको छ । 
गत बर्ष साउनमा आएको भिषण बाढीले पुलको पिलरमा क्षति पूर्याउनुको साथै अधिक मात्रामा भासिदै गएको छ । यता झापा र मोरङ्ग , सुनसरी जोडने राजमार्गमा रहेका एक दर्जन बढी पुलहरूको अवस्था पनि त्यस्तै छ । मोरङको बेलबारीस्थित लोहन्द्रा खोलामा अवस्थित पुलको जग केहि मात्रामा भासिएको छ । ठुला सवारी गुडदा पुल हल्लिने अवस्था छ तर पुन निर्माणमा सम्बन्धित निकायको चासो छैन ।
राजमार्गलाई सिधा जोडने यस्ता २ दर्जन बढी पुलहरू अहिले पुन निर्माणका पर्खाइमा बसेका छन । नेपाल सरकारले उच्च प्राथमिकतामा राखेका यि पुलको पुन निर्माण तथा मर्मतकालागि बार्षिक अरबौ बजेट बिनियोजन हुने गरेका छन ।तरपनी अहिले पूर्व पश्चिम मात्र नभएर कोशि राजमार्ग संग जोडिएको अधिकांस पुलहरूको अवस्था पनी नाजुक रहेको छे अधिकांस पुलहरूको आयु औसत ५० बर्ष नाघिसकेको छ । इटहरीको खेति खोला इनरूवाको राजमार्गमा रहेको सुनसरी खोला तथा नेपालकै ठुलो नदि सप्तकोशीको पुल समेत जोखिमको शुचिमा परिसकेका छन । नेपाल सरकारले पुलको मर्मत सम्भारलाई बिशेष प्राथमिकतामा राखेर शुचि नै तयार पारेको ५ बर्ष बितिसकेको छ तर मर्मतमा गम्भिर नहुदा जुनै बेला पनि संकट निम्त्याउन सक्ने खतरा पनि उत्तीकै रहेको छ ।

तपाईको प्रतिक्रिया