बेलबारी । मोरङको बेलबारी १० र ११ वडाको बिचमा रहेको खोलाको किनारामा बृद्ध एक दम्पत्ति यतिबेला बेसाहारा जिवन बिताउन बाध्य भएका छन । उदयपुरको गाईघाटमा डेढ बिगाह जमिन र ९ सन्तानका मातापिता भक्तमाया र चेत प्रसाद पोख्रेल सन्तानले नहेरेपछि यतिबेला खोलाको किनारामा कष्टपुर्ण जिवन ब्यतित गरिरहेका छन । उनीहरु विगत दुई वर्ष देखी यहि खोलाको किनारामा बस्दै आएका छन । छोराहरुले हेरेन्न, भक्तमायाले भनिन मर्न काल पनि आँउदैन हातिले आएर पनि मार्दैन । एक डेढ विगाह जग्गा हामी सँग थियो छोराहरुलाई अंश दिएपछि घरवाट निकाली दिए भक्तमायाले भनिन कसले के ल्यादिन्छ र खाउला भनेर वाटो हेरेर वस्छौ ।

पोख्रेल दम्पतिका ७ भाई छोरा र दुई वहिनी छोरी पनि छन । केही भाई छोरा बेलबारीमै वसोवास गर्दै आएको र केहि भाई उदयपुरमै बस्दै आएका भक्तमायाले बताईन । छोरा वुहारीले घरवाट निकालेपछि बेलबारीमै रहेको बुढाथोकी बंशले कुलपुजा गर्ने धार्मिक वनमा आयौँ, उनले भनिन केहि समय त्यहाँ वसेपछि विभिन्न वहाना लगाएर हामीलाई निकाले अहिले चौलागाँईको कुलपुजा गर्ने छेउमा आएर वसेका छाैं त्यहाँवाट पनि हामीलाई निकाली दिन्छौँ भनेर धम्काउछन अव कहाँ गएर वस्ने हो उनले आँखा भरी आसु पार्दै भनिन ।

सोही ठाँउमा केही समय अघि राति आएको हात्तिले एक जना मानिस मारेको थियो । उनले भनिन हामीलाई पनि कहिले सम्ममा मार्छ होला । सो स्थानमा उनीहरु अहिले चिमको छाप्रो हालेर वस्ने गरेका छन । उनीहरुकी कान्छी छोरी कहिले काँही आएर चट्पटे वेच्ने र त्यसबाट चामल किनेर खाने गरेको उनले बताईन । उनकी कान्छी छोरी मिना खतिवडा पनि श्रीमानले आफुलाई छाडेर अर्की लिएर हिडेकाले छोरा समेत विहान वेलुका वनिबुतो गरेर पाल्नु परेको गनासो गरिन । वावु आमालाई सहयोग गर्दा दाजु भाईको समेत आफु सँग वोलचाल नभएको उनले बताईन ।

गतबर्ष समेत उनको बिषयमा समाचार प्रकाशित गर्दा उनका उदयपुरमा रहेका छोराले धम्की दिएका थिए । यसैबिच बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले पिडित वृद्ध दम्पत्तिका छोरा वुहारीलाई वोलाएर सम्झाउने र नभए नगरपालिकाले उनीहरुको संरषण गरी सुरक्षित स्थानमा वसोवासको ब्यबस्था मिलाउने बताएकी छिन ।

तपाईको प्रतिक्रिया