इटहरी/ सुनसरीको इटहरीमा खोला किनार छेउ रहेको पिपलबोटमुनि सयौँ बालबालिका पढाइन्छन्, यो शिलशिला नयाँ होइन २५ बर्ष पुरानो हो । यहाँ निम्न आय भएको बालबालिका हरुलाई पढाइने गरीन्छ । सडकमा हिड्ने यात्रुको होस या सामाजीक संघ संस्था सबैको नजर त्यस तर्फ पर्न थालेको छ । सहहोगी हातहरु बढ्न थालेका छन । सुनसरीको इटहरीस्थित टेंग्रा खोला किनार । पीपलको बोटमुनी एकाबिहानै भेटिन्छन्, केही बालबालिका– कोही भुईमा त कोही म्याटमाथि बसेर पढिरहेका । साथमा, एक ज्येष्ठ शिक्षक चन्द्र भण्डारी । यस पिपलबोटे स्कुलमा पढ्ने बालबालिकाहरु अधिकास दलित, मुसहर समुदायका रहेका छन । निशुल्क शिक्षा चन्द्र भण्डारीले अहोरात्र दिइरहेका छन । तर ति बालबालीकाहरुको परीवार भने आर्थीक समस्या बाट गुर्जीरहेका छन । उनीहरु स्वास्य रहनको लागी आवश्यक पर्ने साबुन ब्रस र मन्जन प्रयोग बाट बन्चीत भईरहेका थिए । तर आज हेल्पीङ युथले आरवी ब्रस इन्ड्रस्टीजको सहयोगमा निशुल्क ब्रस र मन्जन प्रदान गरेको छ ।
निशुल्क ब्रस र मन्जन पायपछी बालबालिकाहरु खुसी भएका छन । उनीहरु अवदेखी सधै दात माझ्ने बताउछन ।
पिपलबोट मुनी ‘पढ्न आउने अधिकांश बालबालिकाहरु बदाम बिक्री गर्ने, चटपटे बेच्ने, चप्पलजुत्ता सिलाउनेका छोराछोरी रहेको हुदा सहयोगी हातहरुको सहयोग बाट ति बालबालीकाहरुलाई आधारभुत शैक्षीक सामाग्रीहरु प्रदान गर्दै आएको शिक्षक चन्द्र भण्डारी बताउनु हुन्छ ।
सकारात्मक सोचका साथ थालिएको कामको परिणाम वास्तवमै मीठो हुन्छ । भण्डारीको यो अभियानलाई स्थानीय र सामाजीक संघ संस्थाले पनी साथ दिएका छन् । भण्डारीको यो कार्य जति सराहानीय छ, त्यत्ति नै सोचनीय पनि रहेको छ ।

तपाईको प्रतिक्रिया