धरान । धरान मा थ्री स्टार स्तरको होटल गजुर प्यालेसको शुक्रबार उद्घाटन गरिएको छ । प्रदेश १ काकानूनमन्त्रीहिक्मतकार्कीले होटलको उद्घाटन गरे । धरानकाव्यवसायीगोपालआचार्यले सञ्चालनमाल्याएको होटल थ्री स्टार स्तरको हो । धरानमा यो स्तरको पहिलो होटल रहेको दाबी गरिन्छ । करिब ८ करोडको लागतमानिर्मित होटल धरान–८ भोटेपुलमा रहेको छ । होटलमा एसीसहित सुविधाका सुविधा सम्पन्न कोठाहरू रहेका छन् ।६ तलामानिर्मित होटलमा २८ वटा कोठाहरू छन् । जसमा किङ स्विट रुम, स्विट रुम, प्रिमियम डिलक्स रुम, एक्सक्ल्युसिभ डिलक्स रुम, सुपेरीयर डिलक्स रुम र टुइन डिलक्स रुम रहेका छन् । कोठाको न्युनतम ४ हजार ९ सय देखि अधिकतम १९ हजार ९ सयसम्मआवास मूल्यतोकिएको छ ।
सेमिनार हलतथापार्किङ सुविधा रहेको होटलले धरानको आर्थिक विकासमाथप सहयोग गर्ने अपेक्षा व्यवसायीले गरेका छन् ।

तपाईको प्रतिक्रिया