मोरंग/ सुन्दरहरैचा नगरपालिका वार्ड नं. ०७ मा रहेको मदरल्याण्ड बोर्डिंग स्कुलको आयोजनामा विभिन्न खेलकूद कार्यक्रमको आज बाट उद्घाटन गरिएको छ।लगातार तिन दिन सम्म हुने उक्त खेलकूद , बोर्डिंगका व्यवस्थापन समिति अध्यक्ष गंगा सिटौला दाहालको अध्यक्षतामा एक बिशेष कार्यक्रम गरी स्पोर्ट्स मिट-२०७५ उद्घाटन भएको थियो। बोर्डिंगले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न वर्षेनै स्पोर्टस् मिट आयोजना गर्दै आइरहेको छ।प्रत्यक दिनको ऐसेम्बली समयमा विभिन्न विधामा उनीहरुमा लुकेर रहेको प्रतिभालाई प्रोत्साहन गर्न प्रोत्साहन पुरस्कार दिइने गरेको कुरा विद्यालयका संस्थापक प्रिन्सिपलले बताउनु भएको थियो।कक्षा १० सम्म अध्यापन गराईने उक्त बोर्डिंगले विभिन्न कक्षाहरुलाई विभिन्न खेलका विधाहरुमा समावेश गर्दै आगामी २५ गते एक विशेष कार्यक्रम आयोजना गरी समापन गरीने भएको छ।खेलका माध्यमबाट विद्यार्थीहरुमा अनुशासन , स्वास्थ तथा बौद्धिक विकास हुने कुरा यस विद्यालयका संस्थापक प्रिन्सिपल राम दाहालले बताउनु भएको छ। वि. स २०५१ सालमा स्थापित यस स्कुलमा विद्यार्थीहरुको चौतर्फी विकासका लागि कटीबद्ध भएर लागिरहेको र यस विद्यालयले आफ्नो उत्कृष्टताको पहिचान बनाउदै आएको कुरा सोहि बोर्डिंगका शिक्षक अगम बाबू अधिकारीले बताउनु भयो।

तपाईको प्रतिक्रिया