ललितपुर / भ्रस्टाचार बिरुद्दको अभियानको रुपमा निर्माण भएको मनोरंजनात्मक चलचित्र १००कडा १०ललितपुर, पुल्चोक स्थित क्युएफएक्स हलमा आम दर्शक माझ बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन घिमिरे, आयुक्त डा. सावित्री गुरुङ लगायत विदुषी सपना माताले पनि हेर्नु भएको छ  । हरेक नेपालीले हेरिदिन आग्रह गर्दै आयोगका प्रमुख आयुक्तले चलचित्र बारे खुलेर प्रसंसा गर्नु भयो। अझ उहाले थप्दै भन्नु भयो ‘अख्तियारको मूल मर्मलाई नै चलचित्रले बोकेकाले यसले दिएको संदेश र प्रेरणालाई आम जनता माझ ब्यापक बनाउन सरकारले पनि सक्दो सहयोग गर्नु पर्दछ ।’ त्यसैगरी आयुक्त डा. सावित्री गुरुङले हसाउदै रमाइलो गराउदै महत्वपूर्ण संदेश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यबाद दिनु भयो। साथसाथै यो चलचित्र कुनै बर्ग बिशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिनु भयो ।यही माहोलमा १०० कडा १० हेर्न आफ्ना भक्तजनहरु सहित आउनु भएकी विदुषी सपना माताले चलचित्र अत्यन्तै मार्मिक भएको भएको भन्दै सबैलाई नछुटाउन अनुरोध गर्नु भयो। बेलुका ६ बजेको शो मा पनि दर्शकहरुको बाक्लो उपस्थिति रहेको र अधिकांस दर्शकले राम्रो चलचित्र भनी प्रतिक्रिया दिएका थिए । कतिले दर्शकले त हामीले त हेर्यौ अब अरुलाई पनि हेराउछौ भन्दा निर्माण पक्ष हौसिएको थियो ।
यस अघि सुपर हिट चलचित्र प्रेमगीत २ निर्देशन गरेर चर्चामा आएका राम शरण पाठक सयकडा दसका पटकथाकार, निर्देशक हुन् भने रज्जु प्रधान, उत्तम खत्री, डी आर उपाध्याय, संजीव न्यौपानेले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता राजाराम पौडेल हुन् ।गीत डी आर उपाध्याय, रबि मल्ल संगीत कल्याण सि रहेको यस चलचित्रमा गायन त्रिसला गुरुङ, स्वप्न सुमन संदेश पाठक र सागर संसार राईको छ । नृत्य दिलिप ओखेडा, छायांकन रामेश्वर कार्की र सम्पादन बनिश शाहले गरेका हुन् भने कलाकारमा मनोज गजुरेल, राजाराम पौडेल, रश्मी भट्ट, रबि डंगोल , अमृत ढुंगाना, करुणा श्रेष्ठ, सोनिया राई, उत्सब न्यौपाने, अमित पोखरेल, मानसी निरौला, प्रशिद्द थापा आदीको भूमीका रहेको छ र यो चलचित्र माघ १८ देखी देशब्यापी रुपमा प्रदर्शन भईरहेको छ ।

तपाईको प्रतिक्रिया