बिरेन्द्र साह
मोरंग  । मोरंगको सुनबर्शी नगरपालिका शिक्षा साखाले नगरस्तरीय सामुदायिक तथा धार्मिक बिधालयहरुमा बृहत कार्यक्रम सम्पन्न गरेको छ ।
माघ ७ गतेदेखि संचालन भएको नगरस्तरीय खेलकुद नित्य गायन लगायत २३ विधाको प्रतियोगिताहरु संचालन गरिएको उक्त कार्यक्रममा नगरभरिका ४४ वटा सामुदायिक एवं धार्मिक बिधालायाहरुको सहभागिता रहेको थियो ।
माध ७ गते देखि १५ गते सम्म नगरका विभिन्न बिधालयहरुमा क्रमस सम्पन्न भएको कार्यक्रमका बिजेताहरुलाई हिजो एक भब्य कार्यक्रमको आयोजना गरि पुरस्कार तथा सम्मान वितरण गरिएको हो।कार्यक्रममा सुनबर्शि नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा हो र नगरका सम्पूर्ण बिधालयहरुमा निजि बिधालायाभंदा पनि राम्रो शिक्षा क्षेत्रलाई बनाउनु पर्नेमा सबै शिक्षकहरु लागि परे अवस्य सम्भब हुने र यस नगरको बिकाश गर्न बाटो मात्र बनाएर पुग्दैन सबै क्षेत्रको बिकाश हुनु आवस्यक रहेको सुनबर्शी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले बताए ।त्यस्तै सुनाबर्शी शिक्षा युवा तथा खेलकुद साखाका प्रमुख हरिहर घिमिरेले बिजय सम्पूर्ण बिधार्थिहरुलाई सुभकामना ब्यक्त गरेका हुन् ।उक्त कार्यक्रमा गत बर्ष सेवा निबृत हुने शिक्षखरुमाई समेत सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया