इटहरी । लिगं लिडर मनागं मस्र्यादी क्लवलाई दुई शुन्यले पाखा लगाउदै दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधीसंगै नगद १६ लाख त्रिभुवन आर्मी क्लवले हात पारेको छ ।
इटहरी रगंशालामा भएको फाइनल खेलमा चिर प्रतिद्धन्दीलाइ मनागं माथि हावी भएको आर्मीले बहुसंख्यक दर्शकहरुको साथ पाएको मनागं स्तव्ध पार्दै उपाधि चुमेको हो ।
खेलको सुरुवातको ४ औं मिनेटमै आर्मीका जर्सी नम्वर ८ का टंक वस्नेत डिबक्स भित्र पाएको अवसरलाई सुन्दर ढंगले गोल गरेकार विजयी सुरुवात गरे । सुरुवातमै पछि परेपछि मनागं अन्य दिनको तुलनामा फितलो रुपमा खेली रहेको मनागं पहिलो हाफ सम्म लय फर्कन सकेन । दोस्रो पनि आर्मीकै दवाव रहेको खेलमा दुवै तर्फवाट केही अवसरहरु पाएपनि सदुपयोग हुन नसकी रहेको समयमा कार्डको वर्षा भएको खेलमा मनागंका फर्वाड जर्सी नम्वर ९९ का हफिज ओलाओल रेडकार्ड पाउदै वाहिरीएपछि मनागं थप दवावमा पर्याे । दोस्रोे हाफको इन्जुरी समयमा आर्मीका कप्तान जर्सी नम्वर २१ का भरत खवासले २५ याड टाढा देखि एक्लै लगेको वल विपक्षी खेलाडिहरुका साथै गोलकिपरलाई विट गर्दै टिमको लागि दोस्रो गोल गरे । उपाधि विजेता टिमलाई राष्ट्यि खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले शिल्ड , मेडल तथा नगद पुरस्कार प्रदान गरे । खेलको सर्वाेकृष्ट खेलाडी आर्मीका टंक वस्नेत , वेष्ट टिफेन्र्स मनागंका सुरज विक , सर्वाधिक गोलकर्ता आर्मीका भरत खवास , उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु र उत्कृष्ट फर्वाड आर्मीका भरत खवास घोषित भए । सुविसु केबलनेट प्रा लीको तर्फबाट खेलको सर्वाेकृष्ट खेलाडी आर्मीका टंक वस्नेत लाई सुविसु केबलनेट प्रा लीको प्रतिनिधी साजन न्यौपाने द्रारा नगद रु तिस हजार (३००००) प्रदान गरे । यही माघ १२ गते देखि इटहरी रंगशालामा राष्ट्यि जागृति क्लव इटहरीको आयोजना तथा राष्ट्यि खेलकुद परिषदको संरक्षकत्वमा दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिता सञ्चालन हुदै आएको थियो ।

तपाईको प्रतिक्रिया