सडक दुर्घटनामा विश्वमा हरेक वर्ष १३ लाख मानिसले ज्यान गुमाइरहेका छन् । नेपालमा हरेक वर्ष सडक दुर्घटनामा करिब दुई हजार जनाले ज्यान गुमाउँछन् । नेपालमा प्रति १० हजार सवारी साधन १० जना हाराहारीको मृत्यु सडक दुर्घटनाबाट भैराखेको छ । नेपालको सडक दुर्घटनाका मुख्य ४ कारणमा कमजोर सडक पूर्वाधार, कमजोर हालतका सवारी साधन, सडक प्रयोगकर्ताबाट सडक अनुशासनको पालना नहुनु र ट्राफिक नियमको अवज्ञा रहेका छन् । सडक दुर्घटनाका यी चार प्रमुख कारकको समाधान जेब्राक्रसिङ पनी हो । तर प्रदेश नम्बर १ मा निमार्ण गरीएका अधिकाशं जेब्राक्रसिङ धमीलिएका छन । सडकमा जेब्राक्रसिंग धमिल्लिएको लामो समय बितिसक्दा समेत सम्बन्धित निकायहरूले पहल नगरेकाले इटहरीका युवाहरूले आफै जेब्राक्रसिङ निर्माणमा जुटेका छन् । सडकमा बनाइएका जेब्राक्रसहरु पनि मेटिएर देख्नै गाह्रो अवस्था पुगेपछी सुनसरीमा सक्रिय रहेका सामाजीक संघ सस्थाहरुले जेब्राक्रसिङ निर्माणकार्य थालेका छन । इटहरी नमुना कलेजका विद्यार्थीहरूको आयोजनामा ह्याभीट्याड फर ह्युंयनिटि नामक संस्थाको प्राविधिक सहयोग र लियो क्लब इटहरी ग्रिन सिटीको लगायतका संस्थामा आबद्ध स्वयंसेवी युवाहरूको समूहले जेब्राक्रसिंग निर्माण गरीएको सामाजीक अभियान्ता नितेश गौतम बताउछन । ’दिगो विकासको ११ नम्बर बुँदामा सहरी पूर्वाधार सभ्य हुनु पर्ने भएकाले त्यसैलाई आधार मानेर जेब्राक्रसिङ निर्माण गरेको सहभागीहरुले बताएका छन । पैदल यात्रुलाई बाटो काट्न अप्ठयारो भएकाले दुर्घटना हुने सम्भावनालाई मध्यनजर गरेर जेब्राक्रसिङ निर्माण गरीएको जेब्राक्रस निमार्ण कार्यमा सहभागी एलीना कट्वालले बताइन ।

तपाईको प्रतिक्रिया