इटहरी । मुलुक संघियतामा प्रवेश गर्नु अघि देखि नै नेपालका लागि संघियता अफाव सिद्ध हुने भन्दै संघियताको विरोध गर्दै आएका राष्ट्यि जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले मुलुक संघियतामा प्रवेश गरेको छोटो अवधिमा नै संघियताको पक्षमा मतदान गर्नेहरु पछुताउन थालेको वताएका छन ।

मुलुक संघियतामा गई सकेपछि स्थानीय ,प्रदेस तथा संघिय चुनावमा संघियता पक्षधरहरुलाई मतदान गर्नेहरु अहिले पछुताउन थालेको अध्यक्ष केसीले दावी गरेका हुन । अखिल नेपाल जनजाति सम्मेलनको चौथो महाअधिवेशनको उद्घाटन सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष केसीले संघियता नेपालले धान्न नसक्ने भन्दै २०६४ सालमा संसदमै आवाज आफुहरुले उठाएको स्मरण गरे । पुर्व उपप्रधान मन्त्री समेत रहेका केसी संघियताको नाममा जातिय तथा भौगोलिकताका आधारमा द्धन्द गराउन खोजिएको भन्दै प्रदेसको नाम र सदरमुकाम समेत तोक्न नसक्नु पनि संघियता सफल नहुनु हो भने । संसदमा अहिले भई रहेको लडाई समेत राष्ट्को लागि नभएर आफु आफ्ना,ा आफना आशेपासेहरुका लागि मात्र भएको समेत आरोप लगाउदै केसीले जोगी वन्न कसैले राजनिती गर्र्दैन भन्नेहरु जनताको पक्षमा होला भनी प्रश्न गरे । अहिले पनि भष्टचार व्यप्त रहेको दावी गर्दै केसीले शैक्षिक माफियाहरुसंग सरकार डराएको आरोप समेत लगाय । शिक्षा र स्वास्थ्य निशुल्कको कुरा गर्ने गर्दै अनसन वस्ने केसीको मागको सुनुवाई नभएको समेत केसीको कथन रहेको थियो ।

तपाईको प्रतिक्रिया