इटहरी / एक दिने अन्तराष्ट्यि म्युजिक महोत्सव मोरंगको विराटनगरमा यही माघ १६ गते हुने भएको छ । भारतीय चलचित्र क्षेत्रकी नायिका तथा मोडल राखि सावंत लगायतको प्रस्तुति रहने गरि विराटनगरमा एक दिने अन्तराष्ट्यि म्युजिक महोत्सव आयोजना गर्न लागिएको आयोजक मिस्टी डान्स गाइजले इटहरीमा सप्तकोशी अनलाईनको सभाहलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
ग्लोवल ड्स्मिको व्यवस्थापनमा गरिने महोत्सवमा भारतीय कलाकारहरुका साथै नेपाली कलाकारहरुको प्रस्तुति रहने आयोज संस्थाका समिल अन्सारीले जानकारी दिए । एक दिने महोत्सवमा गित ,नृत्य तथा फेसन शो साथै अतिथी कलाकारहरुको प्रस्तुति गरी कुल ४ घण्टाको कार्यक्रम रहने वताउदै अन्सारीले महोत्सवको आकर्षणका रुपमा भारतीय नायिका राखि रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए । गोपाल फन पार्क विराटनगरमा आयोजना गरिने महोत्सवको लागत ४० लाख लाग्ने अनुमान गरिएको तथा ४हजार टिकट विक्री गर्ने लक्ष्य रहेको समेत वताइयो । पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापनको जिम्मा पाएको ग्लोवल ड्स्मिका सरोज कार्की लगायतले महोत्सवका विषयमा पत्रकारहरुलाई जानकारी दिएका थिए । महोत्सव प्रवेशका लागि एक हजार र दुई हजार टिकट शुल्ल राखिएको समेत सो अवसरमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया