इटहरी,प्रदेश नम्वर एककै एकमात्र एसओएस हर्मन माइनर विद्यालय इटहरीको निरन्तरताको लागि प्रदेश र स्थानीय सरकारले सहयोगको प्रतिवद्धता जनाएका छन । अविभावक र आफन्त गुमाएका साथै पछाडी पारिएका उत्पिडित समूदायका वालवालिका पढने दाताको सहयोगमा सञ्चालित सो विद्यालयमा दाताको सहयोग नरहदा पनि निरन्तरताका लागि स्थानीय र प्रदेश सरकारले प्रतिवद्धता जनाएका हुन । एसओएस इन्टरनेशनलले सन २०२० देखि विद्यालय सञ्चालनका लागि सहयोग नगर्ने भएपछि सरोकारवाला पक्ष सँग छलफल गरिएको हो । एसओएस वालग्राम इटहरीले आयोजना गरेको कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारको तर्फवाट गर्नुपर्ने साथ सहयोग रहने वताउनुभयो । प्रदेश सांसद सर्वध्वज सावाँ र संविधानसभाका पूर्व सांसद धर्म निरौलाले स्थानीय र प्रदेश सरकारले सहयोग गरेर यो विद्यालयलाई पूवर््ाकै नमूना वनाउनुपर्नेमा जोड दिनुभयो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्थानीय सरकार एसओएस विद्यालय सँग सहकार्य गरेर अघि वढन तयार रहेको वताउनुभयो । एसओएस नेपालका राष्टिय निर्देशक इश्वरी प्रसाद शर्माले स्थानीय र प्रदेश सरकार वाट प्राप्त प्रतिवद्धताले आर्थिक श्रोत अभावले विद्यालय वन्द नहुनेमा ढुक्क वनेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले विद्यालयको अवस्था,चुनौती र चुनौती समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । एसओएस वालग्राम इटहरीमा १सय ३५ जना अविभावक गुमाएका वालवालिका वस्दै आएका छन । उनीहरुको आवासका लागि १४ वटा भवन छन । विद्यालयमा ५सय ५० जना वालवालिका पढदै आएका छन । सो विद्यालय इटहरीको ए ग्रेढको विद्यालयका रुपमा परिचित छ । कार्यक्रमा एसओएस इटहरीका निर्देशक देवचरण चौधरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रविधिको विकाससँगै विद्यार्थीहरुको आकर्षण बढ्दाे
इटहरी/ विद्यार्थीहरुको आकषर्ण प्रविधीतर्फ बढ्दो छ । पछिल्लो समय विद्यार्थीहरु अभिभावक दिवस होस या वार्षीक उत्सबको अवसर आ...
इटहरीमा फागुन ८ गतेदेखि सञ्चालन हुने यामाहा महा मेलाको भव्य तयारी
इटहरी । सुनसरीको इटहरीमा भोली फागुन ८ गते वुधवारदेखि सञ्चालन हुने यामाहा महा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेला आय...
निसानको नयाँ किक्स गाडी बजारमा
इटहरी । निसान मोटर्सद्धार उत्पादित गाडीहरुको सुनसरीको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रालिले निसानको नयाँ किक्स गाड...
पथरीको न्यु प्यागोडा बोर्डिङले शिक्षक र अभिभावक लाई सम्मान गर्यो
कुमार खड्का फागुन ६,पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १ मा रहेको न्यु प्यागोडा बोर्डिङ स्कुलले सोमवार आफ्नो ...
ग्रिनपिस एकेडेमी स्कुल तथा इटहरी नमुना कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा शैक्षिक प्रर्दशनी
इटहरी । सुनसरीको इटहरीमा रहेको ग्रिनपिस एकेडेमी स्कुल तथा इटहरी नमुना कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा शैक्षिक प्रर्...
गोरु काट्दै गरेको अवस्थामा बावु छोरा पक्राउ
सुनसरी, फाल्गुन ०६ / सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेमा सोमवार प्रहरीले गोरु ९बाच्छो० काटेर भाग लगाउँदै गरेको अवस्...