खोटाङ, पौष २९ गते ।खोटाङको केपिलासगढी गाउँपालिका(५ थर्पुडाँडामा शनिवार जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने बर्ष २१ को नन्दराज राई रहेको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ ।राईलाई शनिवार राती साढे ८ बजे २० बर्षीया युवतीलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको भनि पिडितको आफन्तले दिएको जानकारीको आधारमा पक्राउ गरिएको हो ।पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।र चालकलाई इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया