सुन्दरहरैचा , सुन्दरहरैचामा दुई दिने पत्रकारीता तालीम शुरु सुन्दरहरैचा , मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई दिने पत्रकारीता तालीम आज देखी शुरु भएँको छ। सुन्दरहरैचा नगरपालिका वार्ड नं ०५ मा रहेको शुभकामना होटलको सभाहलमा फरवार्ड मिडिया प्रालिको आयोजना र सुन्दरहरैचा नगरपालिकाको सहयोगमा  दुई दिने पत्रकारिता तालीम आयोजना भएँको हो । कार्यक्रम फरवार्ड मिडिया प्रालिका अध्यक्ष विकल रेग्मीको सभापतित्वमा भएँको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्षा शैलेन्द्र श्रेष्ठको रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्षले सुन्दरहरैचा नगरपालिकामा युवाहरुलाई लक्षित गरी दिएको पत्रकारिता तालिमले यहा भएँको विकासको कार्यहरु बाहिर ल्याउन सक्ने बताउनु भएँको थियो उहाले कार्यक्रममा बोल्दै पत्रकारहरुले कुनै विषयको समचार लेख्दा कोही व्यक्तिलाई नहेरी निष्पक्ष रुपमा लेखिनु पर्ने समेत बताउनु भएँको थियो । उक्त दुई दिने पत्रकारिता तालीममा वरिष्ठ सञ्चारकर्मी रमेश न्यौपानेले पत्रकारीता सम्बन्धी विभिन्न विषयमा जानकारी गराउदै समचार कसरी लेख्ने , समचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु साथै समचारमा प्रयोग गर्न सक्ने भाषाहरुको बारेमा युवाहरुलाई प्रशिक्षण दिनु भएँको थियो । दुई दिने पत्रकारिता तालिममा सुन्दरहरैचा नगरपालिकाका विभिन्न वार्डका २५ जना युवाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया