विराटनगर–१५ रामजानकी टोलमा मोबाइलको व्याट्रि पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ ।  विष्फोटमा परी मृत्यु हुनेमा स्थानीय सुवास मण्डलको छोरा अमित मण्डल रहेका छन् भने स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
दिउँसो पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे ब्याट्रि पड्केको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । बम विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया