सप्तकोसी अनलाइन / प्रकाशपुर , विगत ४ वर्ष अघि एडिवि संग सम्झौता भएको लौकहि झुम्का सडक खण्डको काम सुरु भए सँगै बिवादमा तानीएको छ । सडक निर्माण भएपछी स्थानियहरुले आ(आफ्नो सडकले काट्ने जग्गा निशुल्क उपलब्ध गराउन समेत तयार भए । तर जब ठेकेदार कम्पनिले काम सुरु गर्यो तब स्थानियहरु आक्रोशित भएका थिए । ठेकेदार कम्पनीले बालुवाले सडकमा पहिलो चरणको फिलिङ् गर्ने काम गर्यो । यसरी बालुवा भरेर निर्माण हुने सडक स्तरीय नबन्ने भए पछि स्थानिय हरुले पहिलो चरण माटो राखेर फिलिङ् गरि कालोपत्रे गर्नुपर्ने दवाव पप्पु कन्ट्रक्सनलाइ दिए तर कन्ट्रक्सनले टेरेन । त्यसोत निर्माण कम्पनीले एडिवि संग गरेको सम्झौता अनुसार सडकको संरचना कस्तो बन्ने भन्ने विषयमा समेत स्थानिय सरकारलाइ जानकारी गराउन चाहेन । त्यसले झन विवाद थपेको छ । सोही विषयलाई सुल्झाउन मङ्सिर २० गते विहिवार बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल , उप प्रमुख कमला मगर , वडा अध्यक्षहरु स्थानिय सरोकार वाला तथा एडिविका प्रतिनिधि र प्राविधिकहरुले एक औपचारीक सर्बपक्षिय छलफल कार्यक्रमको समेत आयोजना भयो । सोही कार्यक्रममा नगर प्रमुख खनालले बलुवाले फिलिङ् गरिएको काम स्तरीय नहुने भन्दै बालुवा तु उठाउन निर्देशन समेत दिएका थिए ।
नगरप्रमुखको निर्देशन समेत नमानि आफ्नै तरीकाबाट काम गरेपछि स्थानिय सन्चार कर्मि मदन अधिकारीले सोमबार काम स्थगित गर्न लगाएका थिए । सोहिदिन नेपालसरकारका प्राबिधिक हरुसंग सन्चारकर्मि लगाएत गुनासो निधान समिति संयोजक खेजिन्द्र मगर बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र १० का अध्यक्षहरु दिपक कुमार लिम्बू र महेन्द्र बहादुर खत्रि देखि सम्पुर्ण सरोकार वालाहरु सहितले बाटोमा रहेको बालुवा हटाइ काम सन्चालन गर्न निर्देश दिएपस्चात हाल केहि बलुवा हटाउन थालेको हो ।
हुनत सन्चार माध्यमको काम जे घटना देखियो त्यसलाइ सार्वजनि गर्नु सन्चार कर्मिको धर्म हो तर कसैको निर्देशन र मिडियाको खवरदारीले समेत नटेरेको कन्ट्रक्सनले सन्चारकर्मिले रोकेका हुन् । सप्तकोसी अनलाइन संग कुरा गर्दै अधिकारीले भने हामिले सन्चार माध्यम बाट, सरोकारवाला सम्पुर्णमा गुहार गर्दा समेत हामिलाइ कतै बाट साथ मिलेन केही स्थानियहरु समेत मेरो बिरुद्धमा उत्रनु भयो अधिकारीले भने । तर त्यसको समेत प्रवाह नगरी र केही धम्कि समेत सहेर आज यो बलुवा उठाउन लगाएको उनले बताए । अधिकारी , गुनासो निधान समिति संयोजक मगर लगाएत केही व्यक्तिहरुले हाल चर्को बिरोध समेत खेपिरहेका छन् भने केही प्रसंसा समेत मिलिरहेको छ ।

तपाईको प्रतिक्रिया