सुनसरी,इटहरी उपमहानगरले चाडवाड पछि पनि वजार अनुगमनलाई तिव्रता दिएको छ । उपमहानगरले आज इटहरी २० तरहरा वजार अनुगमन गरयो । तरहरा वजारका ४ वटा होटल,२ डिर्पाटमेन्ट स्टोर र १ सपिड कम्प्लेक्समा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकाँश पसल र होटलमा म्याद नाघेका चिसो पेय पदार्थ फेन्टा र स्प्राइट वेच्न राखेको पाइएको उद्योग पर्यटन उपभोक्ता हित संरक्षण शाखा प्रमुख विजय मगरले वताउनुभयो । म्याद गुज्रिएको चार महिना वढि समय भएको समेत चिसो पेय पदार्थ विक्रिका लागि राखेको भेटिएको छ । उत्पादन मिति,उपभोग्य मिति,उत्पादकको नाम ठेगाना,ब्याच नम्वर लगायत लेवल नटासेका उपभोग्य समान पनि पाइएको छ । म्याद नाघेका केहि चिसो पेय पदार्थ अनुगमन टोलीले नष्ट गरेको छ । पहिलो पटक भएकाले सचेत गराइएको पून त्यस्तो पाइए कानुन वमोजिम अघि वढने अनुगमन टोली प्रमुख मगरले वताउनुभयो । होटलको सरसफाइ भने राम्रो पाइएको छ । अनुगमन टोलीमा उपमहानगर,खादय तथा गुण नियन्त्रण कार्यालयका खादय नीरिक्षक,वडाध्यक्ष,उद्योग वाणिज्य संघ तरहराका अध्यक्ष,उपभोक्ता मंच नेपालका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो । इटहरीमा वजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन टोली प्रमुख विजय मगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया