डाक्टर गोविन्द केसीले इलामको फूलगाछीमा १६ औं अनसन (बुधबार) आज साँझ ५ बजेदेखि शुरु गरेका छन् । उनले पत्रकार सम्मेलन गर्दै मेडिकल माफियाको विरुद्धमा अनसन थालेको जानकारी गराए ।

डाक्टर केसीले १५ औं अनसनको क्रममा गएको साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विद्येयक संसदबाट पारित गर्नुपर्ने ६ बुँदे माग राख्दै अनसन शुरु गरेका हुन ।

डाक्टर केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनु पर्ने । साथै प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरू माथि तत्काल फौजदारी मुद्दा चलाउनु पर्ने । द्वन्द कालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई अन्तराष्ट्रिय कानुन अनुसार दण्ड दिनुपर्ने माग गर्दै द्वन्द पीडितको माग सुनूवाई गर्दै संक्रमणकालिन न्याय शिघ्र टुंगोमा पु¥याउनु पर्ने पत्रकार सम्मेलनमा बताए ।

डाक्टर केसीले सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने । पूर्वी पहाडी जिल्लाका साथै सुदुर पश्चिमका पहाडी जिल्लामा मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने र कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा अबिलम्ब एमबिबिएस भर्ना शुरु गर्न व्यवस्था गर्नुपर्ने माग गरे ।

गौरीबहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले सिफारिस गरी दोषी ठहर गरेका त्रिभूवन विश्वविद्यलयका पदाधिकारी लगायत व्यक्तिलाई तत्काल बारखास्त गरी कारबाही गर्नुपर्ने । चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकार पुन संस्थान मै फिर्ता गर्नुपर्ने । कृषि तथा वन विश्व विद्यालयको सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन रोक्दै दोषी पदाधिकारीलाई कारबाही गर्नुपर्ने केसीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

डाक्टर केसी अनसन बस्न पछिल्लो पटक हिजो मात्र इलाम आइपुगेका हुन ।

तपाईको प्रतिक्रिया