झापा, पौष २५ गते । झापाको शिवसताक्षी नगरपालिका(७ निमपत्रिया चोकमा मंगलवारराती चोरी भएको छ । राती साढे १० बजेको समयमा सोही स्थान बस्ने वर्ष ३२ को हेमन्त भण्डारीको घरमाकोही नभएको समयमा अन्दाजी ६ लाख ६४ हजार ६० रुपैँया मूल्य बराबरको धनमाल चोरी भएको हो ।भण्डारीको घरमा कोही नभएको मौका छोपी घरको ढोका फोरेर घर भित्र भएको नगद ४५ हजार रुपैयाँ, ९ तोला सुन, चाँदी १ सय १९ तोला,झर्के थाल(१२थान र लोटा(६ थान चोरी भएको थियो । घटनाको जानकारी पाँउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरीको टोली खटि गई आवश्यक अनुसन्धान तथा चोरी गर्ने ब्यक्तिको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया