इनरुवा । पछिल्लो समय श्रीमद्भागवत पुराण लगायतका धार्मिक कार्यहरुमा धर्म संस्कृतिसंग जोडिएका प्रश्नहरु समावेश गरिएका ज्ञान मञ्च र भजन किर्तन राखिन थालेपछि बालबालिका र युवाको समेत आकर्षण बढ्न थालेको छ ।व्यक्तिगत रुपमा लगाइने पुराण देखि लिएर सामुहिक रुपमा लगाइने पुराण तथा महायज्ञहरुमा ज्ञान मञ्च र भजन किर्तनका कारण बालवालिका र युवाहरुको सहभागिता उल्लेखनीय हुने गरेको हो । ज्ञान मञ्चमा धर्म संस्कृतिका प्रश्नहरु सोधिने भएका कारण धर्म संस्कृतिका विषयहरुलाई समेत बालबालिका तथा युवाहरुले अध्ययन गर्न थालेका छन । प्रतिस्पर्धात्मक रुपमा सोधीने प्रश्नका जवाफ दिनका लागि बालबालिका तथा युवाहरुले धर्म संस्कृतिका विषयमा खोज गर्न समेत थालेको इनरुवाका राकेश भट्टराई वताउछन । धार्मिक कार्यमा बालबालिका तथा युवाहरुको सहभागीता वढाउने कार्य धार्मिक भजनहरुले समेत गर्न थालेका छन । विभिन्न गित संगितका धुन र लय समाएर वनाइएका भजनका कारण समेत बालवालिका तथा युवाहरु भजनमा रमाउदै नाचगान गर्ने क्रम समेत पुर्वी नेपालमा वढी रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया