इटहरी । तेह्रौ साफ खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिण्टनको खेल इटहरीमा गरिने राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बताएका छन ।

इटहरी रंगशालामा निर्माण हुन लागेको टेबिलटेनिस एकेडेमी भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथी बिष्टले बिगतमा केन्द्रिकृत रुपमा काठमाण्डौमा मात्र हुदै आएको साफ गेम यस बर्षदेखी बिकेन्द्रिकरण गरिने वताएका हुन । उनले इटहरी रंगशालामा तेह्रौं साफ खेलकुद अन्र्तगत ब्याडमिण्टन प्रतियोगिता आयोजना गर्ने योजना वनाएको जानकारी दिए । विगतमा काठमाडौंमा मात्र केन्द्रीत हुदै आउको साफ खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्दै विभिन्न ठाउँमा गर्ने योजना राखेपले अघि सारेको सदस्य सचिव बिष्टले स्पष्ट पारे ।

ीबष्टले शिलान्यास गरेको टेवल टेनिस एकेडेमी भवन निर्माणका लागि ३५ लाख लगानी लाग्ने अनुमान गरिएको छ । उक्त भवन निर्माणका लागि राखेपले ३० लाख उपलब्ध गराउने र बांकी ५ लाख उपभोक्ता समितिबाट सहयोग जुटाएर गर्ने जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया