मोरङ, पौष २४ गते ।  मोरङको पथरी शनिश्चरे नगरपालिका(१० महेन्द्र चौकको भित्रि सडक खण्डमा अटोको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । आज बिहान १० बजेको समयमा दक्षिणबाट उतर तर्फ आउदै गरेको को। २ ह। २२४४ नम्बरको अटोले सोही स्थान बस्ने हेम बहादुर पोख्रेलको ७ बर्षीय छोरी भुमिका पोख्रेललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते बालिकालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर ल्याईएको छ भने अटो र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया