मदन अधिकारी / प्रकाशपुर काठमाडौ , बिराटनगर , पोखरा , इटहरी ‘‘.इ नाम धेरै सुनियो ‘ राज्य ले उपेक्षा गर्यो , राज्य ले दिने सेवा सुबिधा मा जनताको पहुच भएन भनेर ‘ तर उदयपुर जिल्ला लाई कसले उपेक्षीत भन्ला‘. अनि डुङ्गे भन्ने ठाउ लाई कसले सम्झन्छ ? तुईन चढेर गाउँ ओहोर दोहोर गर्ने गरेको समाचार टेलीभिजन पत्रपत्रिका र अनलाइनमा बारम्बार आइरहन्छन तर उदयपुर जिल्लाको नेपालटार भन्ने ठाउबाट छ घन्टा उकालो चडेपछि मात्र पुगिने यसठाउमा कोहि नया मान्छे आयो भनेपनि दुइकोश परबाट नव आगन्तुकको पर्खाइमा बस्द छन् । राज्यको सम्रक्षण भन्दा निकै टाठा छ यो ठाउ। स्वास्थ्य उपचार देखि अती आवश्यक वस्तु समेत पाइदैन यश ठाउमा । डोकामा भारी बोकि जोखिमपूर्ण यात्रा गरी बजार र आफ्नो बासस्थान फर्कनु पर्ने समस्या आजको होइन । यो समस्या ढुङ्ग्रे बासीले दशकौ वर्ष भन्दा अगाडी देखी झेल्दै आएका छन । उदयपुर जिल्लामा पर्ने यश गाउँको समस्या वर्षौंदेखि ज्युँकात्युँ छ । जोखिम पुर्न पैडल यात्रा गर्नुपर्ने बाद्यता छ । स्थानीयलाई सधै सधैं सकस पर्छ। त्यो निक्कै कष्टकर छ।’दुर्गम उक्त स्थानमा आवश्यक पूर्वाधार नहुँदा स्थानीय बासिन्दाले जोखिमपूण जीवनयापन गर्दै आएका छन । नेपालका अधिकाशं जनतालाई यस ठाउको बारेमा थाह छैन । ढुङ्ग्रे भन्ने वितिक्कै अधिकाशंले सोच्ने गछर्न यो कुनै वस्तुको नाम हो भनेर । तर विडम्बना नेपाल सरकार पुग्ने कुरा त परै जाओज नजर लगाउन पनी हिचकिचाउछ त्यस ठाउमा । उदयपुरमै बस्ने अधिकाशंलाई नै यस ठाउको को विषयमा जानकारी छैन । उदयपुर जिल्लाको गाइघाट बाट पश्चिम उत्तरमा अवस्थित यश ठाउ नेपालकै अती विकट ठाउको रुपमा रहेको छ । गाडि घोडाको त कुरै छाडुम मटरसाइकल समेत जान सक्दैन यश ठाउमा उदयपुर जिल्लाको गाइघाट बाट लगभग १२० किलोमिटर पश्चिम उत्तरमा अवस्थित यश गाउको बाटो धुलाम्य र ठुङ्गै ठुङ्गाले बनेको छ । आँखाले देखिने क्षितिजभन्दा निकै अल्गा अल्गा पहाड र छरपष्ट खरले छाएका कच्ची घरहरू छन् । भिरको काल्नाहरुबाट समेत हिन्न सकिने यश दुर्गम ठाउमा । बिजुलिको नाममा सोलार बत्ति मात्र रहेको छ । ढुङ्ग्रे भनेर चिनिने यश ठाउमा १५० ओटा मात्र घरधुरी रहेका छन् । ओरीपरी पहाडै पहाडले घेरीएर बनेको यश ठाउ हेर्दा मनमोहक लाग्द छ । मतुवालि समुदायको बाहुल्यता रहेको यश ठाउमा सबैखाले जातजाति राई, लिम्बु, बाहुन क्षेत्री, मगरको समेत बसोबास भएको बस्तीको नाम कसरी ढुङ्ग्रे रहन गयो ? उनीहरूलाई थाहा छैन । पहाडै पहाडको बीचमा अवस्थित छ ।पहाडै पहाडबाट घेरिएको यो बस्ती सरकारभन्दा निकै टाढा छ । विभिन्न आश्वश्सन बाड्ने नेताको बारेमा कुरा सुन्न समेत मान्दैनन् स्थानियहरु । यश ठाउमा बसोवास गर्ने बासिन्दाहरु राज्यबाट पाउने स्वास्थ्य सेवाबाट अहिलेसम्म बञ्चित रहेको गुनासो गरेका छन् । विगत दुई तीन वर्ष यता केही प्राइभेट ऋण प्रदायक संस्थाले लगानि गर्न थालेपश्चात थप राहत मिलेको स्थानिय हरु बताउछन् । हाल महुली सामुदायिक लघुवित्त वितिय संस्थाले थप सहयोग गरेको स्थानियहरु बताउछन् ।

तपाईको प्रतिक्रिया