सुन्दरहरैंचा , पुर्वाञ्चल विश्वविद्यालय स्थापनाको २५ औँ वर्षको अवसरमा केन्दीय कार्यालय भन्दा अन्यन्त्रै रजत महोत्सव हुने भएपछि सुन्दरहरैंचा नगरपालिकाले बिरोध जनाएको छ । यस नगरपालिका क्षेत्रमा पर्ने ८०५ विगाहा जमिनमा विश्वविद्यालय रहेको छ । स्थानीय निकाय बाट प्रसस्त समन्वय हुँदा हुदै पनि विश्वबिद्यालयका पुर्व र वर्तमान पदाधिकारीहरुले गोठगाउँमा सञ्चालन गर्न नदिएको र विद्यालयलाई थिलथिलो बनाई आफ्नो स्वार्थ पुर्ती गरी राख्ने काममा उद्रित भएको नगरपालिकाको आरोप छ । विद्यालयको रजत महोत्सब भोली १९ गते विराटनगरमा हुने भएको छ । यस अघि नगरपालिकाको दुबै नगरसभाबाट विश्वविद्यालयको सम्पुर्ण व्यवस्थापन गर्नलाई सम्बन्धित निकाय र नेपाल सरकारलाई माग गरिसकेको नगरपालिकाले जनाएको छ । आज बसेको नगरकार्यपालिकाको आकस्मीक बैठकले गम्भिर आपत्ति प्रकट गर्दै विश्वविद्यालय माथी यसका पदाधिकारीहरुबाट भएका हर्कत खेतजनक र विश्वविद्यालयको अहितमा रहेको ठहर समेत गर्दै गोठगाउँमानै पूर्ण रुपमा सञ्चालन गर्न नगरपालिकाले जोडदार माग गरेको छ । यसो नभए नगरपालिकाले ससक्त आन्दोलन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया