धरान । नेपाल पत्रकार महासंघ सुनसरीको नव निर्मित भवनको प्रदेस नम्वर १का मुख्य मन्त्री शेरधन राईले एक कार्यक्रम विच उद्घाटन गरेका छन ।

धरान उपमहानगरपालिका वडा नम्वर १३ अमर हाटमा निर्माण सम्पन्न भएको महासंघको भवनको मुख्यमन्त्री राईले उद्घाटन गरेका हुन । धरान उपमहानगरपालिकाले २०७४सालमा उपलव्ध गराएको दुई वटा सटर रहेको भवन माथि एक तला थपेर निर्माण कार्य सम्पन्न भएको भवन निर्माणका लागि २०लाख खर्च भएको सो अवसरमा जानकारी गराइयो । उद्घाटनपछि बोल्दै प्रमुख अतिथी मुख्यमन्त्री राईले आफु सञ्चार मन्त्री भएको समयमा पत्रकारहरुका हकहितका लागि विभिन्न कार्यक्रमहरु निती ल्याएको स्मरण गरे । सो क्रममा पत्रकारहरुले भने सरकारले पत्रकारहरुका हकहितका लागि भनेर निर्माण गरेर निती नियमहरु व्यवहारीक रुपमा लागु नगर्दा पत्रकारको अवस्था पहिलेकै जस्तो रहेको गुनासो गरे । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्वर १का अध्यक्ष विक्रम लुइटेल ,अग्रज पत्रकार हर्ष सुब्बा , सुनसरी अध्यक्ष अमर खड्का लगायतले वोलेका थिए । महासंघको भवन निर्माणका लागि सुचना तथा प्रविधि मन्त्रालय सहित विभिन्न संघसंस्थाका साथै व्यक्तिहरुले सहयोग गरेको जनाइयो ।

तपाईको प्रतिक्रिया