इटहरी । पेट्रोल खानीका नामले परिचित मोरगंको बेलवारी ८ राधानगरमा पेट्रोल भए नभएको नेपाल सरकारले स्पष्ट पार्न नसक्दा अन्यौलता कायम रहेको छ ।

भारतले नाका बन्दी लगाएको समयमा चर्चा पाउने बाहेक मोरगंको पेट्रोल खानी गुमनाम हुने गरेको भन्दै स्थानीयहरु सरकारले पेट्रोल भए नभएको स्पष्ट पार्न नसक्दा अन्यौलता रहेको गुनासो गर्ने गरेका हुन । २०४५सालमा भारतले नाका बन्दी लगाएको समयमा अन्वेशण सुरु गरि केही काम समेत भएको राधानगरमा पेट्रोल भए नभएको अहिले सम्म पनि यकिन हुन सकेको छैन । पछिल्लो समयमा २०७३सालमा भारतले पुनः अघोषीत नाका बन्दी लगाएको समयमा फेरी चर्चामा आएको र पेट्रोल खानीका विषयमा चिनीयाँ टोलीले अन्वेशण गरी काम अघि वढाउने भनिएपनि काम अगाडि नवढाइदा सर्वसाधारणमा अन्यौलता रहेको छ । २०७३सालमा उद्योग मन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा चिनीयाँ टोली मोरगंमा रहेको भनीएको पेट्रोल खानीको अन्वेषणका लागि आएपनि हाल सम्म पनि पेट्रोल भए नभएको सरकारले स्पष्ट पार्न सकेको छैन ।

नेपालका विभिन्न ठाँउमा पेट्रोलको संभावीत अन्वेषण गरिएपनि पेट्रोल निकाल्न नसकि रहेकोले स्थानीयहरु नाका वन्दीको समयमा मात्र सरकारी तथा राजनैतिक पाटीहरुले चर्चामा ल्याउने गरेको यो क्षेत्र सरंक्षणको अभावमा गौचरणमा परिणत भएको वताउछन । २०४५ सालमा संवाभीत पेट्रोल खानीमा रात दिन काम गरेर ३६सय मिटर ड्रिल गरेर पछि पेट्रोल नभएको भनेर छोडिको भएपनि भारतीय दवावमा काम नरोकीएको भन्ने चर्चा चलेको स्थानीय तेजप्रसाद गौतम वताउछन । अन्वेषणपछि दुई जनालाई चोकीदारीको लागि राखिएपनि अन्य कामहरु हुन नसकेको चौकीदार कपिलमणी रिजाल सुनाउछन । चार हजार मिटरबाट पेट्रोल निस्कने भनेर अन्वेषण सुरु गरिएको ३६सय मिटर पछि रोकीएको र नाकाबन्दीका समयमा मात्र चर्चामा आउने क्षेत्रमा पेट्रोलले भएपनि पेट्रोल निकाल्ने कुरामा आशा हराई सकेको स्थानीय सिताराम रिजाल गुनासो गर्दछन । तत्कालीन समयमा पेट्रोल निकाल्नका लागि ड्रिल गरिएको ठाँउ प्लष्टर गरेर राखिएको छ । यहाँ पेट्रोल छ छैन स्पष्ट हुन नसकेकोले फेरी काम हुन्छ हुदैन अझै अन्यौलता रहेको छ ।

तपाईको प्रतिक्रिया