प्रकाशपुर कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ सालमा स्थापना भएको थियो । यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी , सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको आरक्ष । सन् १९८७ सालमा रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न प्रजातीका चराहरू, दुर्लभ अर्ना र दुर्लभ डल्फीनसमेत पाईन्छ।
नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको हो। मध्यवर्ती क्षेत्रको

          मदन अधिकारी 

क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्ला सुनसरी , सप्तरी , उदयपुरमा फैलिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति समेत गठन नेपाल सरकारले गरेको छ यश समितिले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भूमि

का निर्वाह गर्ने गर्छन्।
यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा
सप्तकोशीको तटमा अवस्थित छ। यो आरक्ष २०३२ सालमा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो। कुल क्षेत्रफल १७५ वर्ग कि.मि. भएको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यसको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ। राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।
यस कोशी टप्पु वन्यजन्तु आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाईन्छ। गर्मीको मौसम (फाल्गुण देखि जेठसम्म)मा तीव्रता न्यूनतम वर्षा सँग संगै तिब्र गर्मी हुन्छ। यसबेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म पुग्न सक्छ। मनसून जेठको अन्त्य तथा आषाढको शुरूमा शुरू हुन्छ र भाद्र सम्म लगातार भारी वर्षा रहन्छ। सबैभन्दा भारी वर्षा साउन तिर हुने गर्छ तर त्यस मौसममा उच्च आर्द्रता र तापक्रमको अनुभव पनि हुने गर्छ। शिसिर ऋतुमा सफा आकाश र सयमी तापक्रमले चिनाउँछ, तापनि यो मौसममा अझै पनि एकदम चिसो हुने गर्दछ।
कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यत: घाँसे मैदानले भरिएको छ। साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन्। मुख्यत: लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: हरिण , रतुवा , नीलगाई , बँदेल , बाँदर , अजिंगर आदि जनावरहरू पाइन्छन्।
विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका , जलचरा प्रजातिका लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज , फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा रूसको साईवेरिया, मंगोलिया , चीन , तिब्बत , काजकस्तान ,अफगानिस्तान , स्पेन , इरान बाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन पनि पाइन्छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका बाट करीब १० किलोमिटर दक्षिणमा अवस्थित कोशी को “टप्पु” कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ। सिसौ , खयर र सिमलका रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि विश्वमै प्रसिद्ध छ। हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइएपनि हाल भने चितवनमा सेत यहि बाट लगेर सम्रक्षण गर्न थालिएको छ । त्यआसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।
नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ

चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन। विश्वमै कहीँ नपाइने स्वाम प्याष्ट्रिज नामक चरा यहाँ पाइन्छ। कात्तिकदेखि फागुन महिनासम्ममा रूस, श्रीलङ्का , भारत , तिब्बत आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन। केही समय यहाँ बास बसेपछि यी चराहरूले पाकिस्तान , अफगानिस्तान हुँदै अफ्रिका , युरोपतिर बेग हान्ने चरा अध्येताहरू बताउँछन। कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै कर्याङकुरुङ, सारस, पानीहाँस हुलका हुल देख्न पाइन्छ। डल्फिन र घडियाल गोही पनि कोश टप्पुका आकर्षण हुन।
कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ। यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ। अझै हात्ती चढेर आरक्षण र नजीकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ। तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो। आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिको बोटिङले समेत पर्यटकलाई तान्ने गरेको छ । कोशि टप्पु बन्यजन्तु आरक्षबाट ३० किलोमिटर उत्तरमा पर्ने चतरामा हालै ३ कम्पनिले पानिबोट सन्चालन गरे सङ्गै पर्यटकको रौनक थप बढेको छ ।

तपाईको प्रतिक्रिया