चन्दन रौनियार / सुनसरी मंसिर२३/दुहबी ३ स्थित रहेको निजि सुनसरी सामुदायिक अस्पताल प्रा.लिले दुहबी ५ मा रहेको निसहाय बालबालिका सेवा आश्रमका १५ जना बालबालिकाहरुलाइ निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । सुनसरी सामुदायिक अस्पतालमा बालबालिकाहरुलाइ रगत जांच , दिसापिसाब ,लगायतको सेवा निशुल्क गरिएको थियो । बालबालिकाहरुलाइ स्वास्थ्य जांच पश्चात् लाग्ने सम्पुर्ण औषधि समेत निशुल्क गरिने अस्पताल संचालक सन्तोष कुमार सिंहले बताए ।

तपाईको प्रतिक्रिया